setoveda logo
४ वैशाख २०८३, शुक्रवार

कंञ्चनजंघा संरक्षण क्षेत्रमा यूनेस्को ‘वायोस्फियर रिजर्भ’ अध्यन

कार्तिक १८, २०८२, मङ्गलवार
कंञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद अध्यक्ष खगेन्द्र फेम्बोसहित युनेस्को टोली ।

कंञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद अध्यक्ष खगेन्द्र फेम्बोसहित युनेस्को टोली ।

देवराज गुरुङ, कार्तिक १८ गते । मानव तथा जीवमण्डल समिति नेपाल सदस्य प्रा.डा.हरि प्रसाद अर्याल युनेस्को टिमसहित सोमबार (असार ३० गते) लेलेप पुगे । कंञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको कार्यालयमा आयोजित छलफलमा डा. अर्यालले ‘वायोस्फियर रिजर्भ’को अवधारणा प्रस्तुत गरे । समुदायमा हस्तान्तरण भएको कंञ्चनजंघा संरक्षण क्षेत्रका बासिन्दाको हकमा ‘वायोस्फियर रिजर्भ’ अवधारणा नयाँ थियो । यद्यपी कंञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद अध्यक्ष खगेन्द्र फेम्बोसहित कर्मचारीले सहजीकरण गरे । अध्यक्ष फेम्बोसहित फक्ताङलुङ गाउँपालिकाका केही जनप्रतिनिधिले तालिम र अवलोकन भ्रमण गरेका थिए। तैपनी डा. अर्यालले सहभागीलाई मानव तथा जीवमण्डल (Man and Biosphere-MAB) बारे जानकारी गराए ।

सन् १९६८ मा यनेस्कोले संञ्चालन गरेको जीवमण्डल सम्मेलनबाट नै MAB को प्रारम्भ भएको मानिन्छ । सन् १९७७ मा नेपालमा पनि MAB गठन भयो । नेपालमा स्थापना भएको ४७ वर्षको अवधिमा मानव तथा जीवमण्डल समितिमा रहेर दर्जनौले कार्यसम्पादन गरे । प्रा.डा.उमेशकुमार मण्डल संयोजक रहेको वर्तमान समितिमा डा.अर्याल पनि सदस्य छन् । अर्यालका अनुसार कार्यक्रमको मुख्य उदेश्य वैज्ञानिक आधारमा संसारभरि रहेका मानव र वातावरणबीच सम्बन्ध सुधार गर्नु हो । ४७ वर्षको अवधिमा समितिले गरेका कामथुप्रै छन् । तीमध्ये महत्वपुर्ण काम संक्षेपमाउनले सुनाए । जस्तैः–कुलेखानीजलविद्युत परियोजनाको पारिस्थितिक प्रभाव अध्यन, प्रलेखन अध्यन केन्द्र,नेपालमा वातावरणीय ज्ञानको स्थिति र सदस्यहरुकै पहलमा इसिमोड (ICIMOD) स्थापना आदि...।

क्यामरा ट्रयाप र जीपीएस जडान तालिममा सहभागी कंञ्चनजंघा संरक्षण क्षेत्रका स्थानियबासी ।

क्यामरा ट्रयाप र जीपीएस जडान तालिममा सहभागी कंञ्चनजंघा संरक्षण क्षेत्रका स्थानियबासी ।

‘वायोस्फियर रिजर्भ’ घोषणा गराउन पहल गर्नु समितिको मुख्य काम हो । त्यही भएर समितिले नेपालमा जीवमण्डल आरक्षका लागि पाँच वटा क्षेत्र पहिचान गरेको छ । तीमध्ये कंञ्चनजंघा संरक्षण क्षेत्र (२०३५ बर्ग मी.) पनि हो । यसैगरि कर्णाली भु–दृश्य, लाङटाङ शिवपुरी भु–दृश्य, अन्नपुर्ण संरक्षण क्षेत्र र कैलाश भु–दृश्य हुन् । कर्णालीअन्तर्गत रारा राष्ट्रिय निकुञ्जसहित रामारोसन र सिंजा उपत्यका जुम्ला समावेश छन् । लाङटाङअन्तर्गत लाङटाङ राष्ट्रिय निकुञ्ज शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज समावेश छन् । अन्नपुर्ण संरक्षण क्षेत्र अन्तर्गत संरक्षित क्षेत्र र यसको मध्यवर्ती क्षेत्र समावेश छन् । कैलाश भु–दृश्यमा अपिनम्पा संरक्षित क्षेत्र लिमी उपत्यका र कन्दागाउँ समावेश छन् । समितिले सन् २०१४ र १८ मा प्रारम्भिक अध्यन गरेको थियो । स्थानियबासी देउ कुमार लिम्बुले सोधे,‘वायोस्फियर रिजर्भ घोषण भए के–के फाइदाहुन्छ?’ जवाफमा डा. अर्यालले भने,‘नयाँनयाँ कुराको खोज पत्तालगाउन र नीतिगत कुरा परिवर्तन गर्न मदत पुग्छ । इको लेबलिङ हुन्छ ।’ ईको लेवलिङ भन्नाले कंञ्चनजंघा संरक्षण क्षेत्रभित्र उत्पादन भएका सामान मूल्यवान हुन्छ । यस क्षेत्रमा बसोवास गर्नेको स्थानियप्रति विश्वको दृश्टिकोण मानव र प्रकृतीमैत्री हुन्छ ।

‘वायोस्फियर रिजर्भ’ मा तीन क्षेत्र समावेश हुन्छ । कोर क्षेत्र,वफर क्षेत्र र ट्रान्जिसन क्षेत्र । कंञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र समुदायले ती क्षेत्र निर्धारण गर्न सक्छ । स्थानिय मचिन्द्र (मिलन) कोइवाका अनसार समुदायले संरक्षण गर्ने तर सरकारले हाइड्रोपावर कम्पनीलाई जलविद्युत उत्पादन गर्न अनुमति दिएकाले जैविक विविधामा क्षतिपुगेको अनुभव सुनाए । कोइवाले भने,‘हामी संरक्षण गर्छौ । तर कम्पनीले विनाश गर्छ ।’ उनले ‘वायोस्फियर रिजभ’ घोषणाले प्रकृतीको संरक्षण र स्थानियलाई आम्दानीहुने भएघोषणा गर्नुपर्ने धारणाव्यक्त गरे । युनेस्कोकी परियोजना अधिकृत वर्षा लेखीले भनिन्,‘युनेस्कोसँग कंञ्चजंघा संरक्षण क्षेत्र जोडिनु सुनमा सुगन्ध थपिनुझै हो । किनकी अवसरका ढोका धेरै खुल्छ ।’ पर्यटन प्रबद्र्धनमा टेवापुग्छ । अध्यन अनुसन्धानको थलो बन्ने प्रशस्त सम्भावना छ । परियोजना पनि आउन सक्छ । लेखिले थपिन्,‘प्रकृतीको संरक्षण अनि सदुपयोगबाट आम्दानी गर्नु हो । जुनअध्यन र अनुसन्धान गरेर कार्यान्वयन गर्न सके समुदायमा लाभ मिल्छ ।’ बायोस्फियर रिजर्भहरु जीवित प्रयोगशाला हुन् । जहाँ दिगो विकास र वैज्ञानिक अनुसन्धानलाई एकिकृत गरी मानव र वातावरणबीच सन्तुलित र मेलमिलापपुर्ण सम्बन्ध सृजना गरिन्छ । यसले जैविक विविधधताको संरक्षण र स्थानिय विविधताको संरक्षण र स्थानिय समुदायद्धारा यसको दिगो उपयोगबीच सामञ्जस्यपूर्ण सन्तुलन कायम गर्छ ।

तालिममा सहभागीलाई सहजीकरण गर्दै मानव तथा जीवमण्डल समिति नेपाल सदस्य प्रा.डा.हरि प्रसाद अर्याल ।

तालिममा सहभागीलाई सहजीकरण गर्दै मानव तथा जीवमण्डल समिति नेपाल सदस्य प्रा.डा.हरि प्रसाद अर्याल ।

नेपालका लागि यूनेस्कोका प्रतिनिधि याको दु तोईले भने,‘युनेस्कोका लागि कंञ्चनजंघामा चलिरहेका पहलहरु केवल प्रकृती संरक्षणको वारेमा मात्र होइनन् । यो स्थानिय मानिसहरु, उनीहरुको आदिबासी ज्ञान र उनीहरुको दिगो जीविकोपार्जनलाई महत्व दिने वारे हो । कंञ्चनजंघा संरक्षण क्षेत्रमा हाम्रा सहयोगात्मक प्रयासहरु र कार्यहरुले युनेस्कोको समग्र मिशनको सारसँग गहिरो रुपमा मेल खान्छन् ।’ कंञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदअध्यक्ष खगेन्द्र फेम्बु ‘वायोस्फियर रिजर्भ’ सम्बन्धमा सकारात्मक छन् । युनेस्कोको नेतृत्वमा काठमाडौमा पनि छलफल गरेको थियो । लगत्तै सदरमुकाममा गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालाबिच पनि छलफल भएको छ । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक सिन्धु ढुङ्गानाको पनि उपस्थिति थियो ।अध्यक्ष फेम्बोसहित जनप्रतिनिधिको टोलीले भारतको ‘सिक्किम वायस्फियर रिजर्भ’ को अवलोकन भ्रमण गरे । अध्यक्ष फेम्बुले भने,‘संरक्षणमा सहयोग पुग्ने बुझ्यौ । तर संमुदायको हकअधिकार खोसिनु हुँदैन भन्नेमा सचेत छौ ।’ संरक्षण क्षेत्रका बासिन्दा र आदिवासी जनजातिको हकअधिकार सुनिश्चित गर्न बल मिल्छ भन्ने ग्यारेन्टी भए लागू गर्न सम्भव हुने उनको बुझाई छ ।

प्रा.डा.अर्यालकाअनुसार नेपाल ‘वायोस्फियर रिजर्भ’ घोषणा गर्न चुनौती पनि छन् । वन र संरक्षित क्षेत्र वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्छ । तर मानव तथा जीवमण्डल समिति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहत छ । त्यहीभएर कार्यसम्पादनमा अस्पष्टता र प्रभावकारीताको अभाव छ । डा.अर्यालले थपे,‘एकआपसमा समन्वय गर्न साझा समझको अभाव छ । आर्थिक अभाव अर्को समस्या हो ।’ समितिले गरेको प्रारम्भिक अध्यनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘वायोस्फियर रिजभ’ घोषणा गर्न कानुन र ऐन संसोधन गर्नुपर्ने खाँचो औल्याएको छ । समितिसँग न त कर्मचारी छ, न त बजेट नै । ‘वायोस्फियर रिजर्भ’ घोषणाभएमा संरक्षण, विकास र लजिस्टिक समर्थन प्राप्त हुन्छ ।

कंञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद कार्यालय लेलेप,ताप्लेजुङ । 

कंञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद कार्यालय लेलेप,ताप्लेजुङ । 

विश्वमा १३६ वटा देशहरुमा जम्मा ७५९ वटा ‘वायोस्फियर रिजर्भ’ छन् । तर नेपालमा ‘वायोस्फियर रिजर्भ’ घोषणा भएको छैन् । समितिको निश्कर्षअनुसार नेपालका सबै राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र ‘वायोस्फियर रिजर्भ’ घोषणा गर्न योग्य छ । कंञ्चनजंघा संरक्षण क्षेत्र ‘वायोस्फियर रिजर्भ’ घोषणा गर्न अझअध्यन र अनुसन्धान गर्न जरुरी छ । ब्लुवेरी हिल९ऋक्ष्इ० ट्रस्ट यूकेको आर्थिक सहयोगमा समृद्ध पहाडले कंञ्चनजंघा संरक्षण क्षेत्रमा विगत १० वर्षदेखि कार्यरत छ । कंञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र समृद्ध पहाडबीचको सहकार्यमा समृद्ध कंञ्चनजंघा कार्यक्रम संञ्चालनमा छ । कार्यक्रमले पाँचखम्बे अवधारणा (वातावरण संरक्षण,पुर्वाधार विकास,क्षमता अभिवृद्धि,प्रविधिको प्रयोग र कंञ्चनजंघा क्षेत्रको प्रवद्र्धन) कार्य गर्दै आएको छ । समृद्ध पहाड संस्थाका सिइओ संञ्जीव न्यौपानेले भने,‘वायोस्फियर रिजर्भ कार्यक्रम कार्यान्वयन गर्न सहजीकरण गरेको छ ।’ घोषणा गर्न आवश्यक मापदण्डहरु The Statutory Framwork of the World Network of Biosphere Reserves मा उल्लेख छ ।

कंञ्चनजंघा हिमाल (८,५८६मी.) दक्षिण बेसक्याम्प अर्थात ओकताङ क्षेत्र ।

कंञ्चनजंघा हिमाल (८,५८६मी.) दक्षिण बेसक्याम्प अर्थात ओकताङ क्षेत्र ।

यसैबिच आईयूसिएनद्धारा कंञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदलाई ग्रीन लिस्ट अवधारणाबारे जानकारी गराएको छ । कंञ्चनजंघा क्षेत्रको विज्ञहरुले अध्यन समेत सुरु गरेको छ । आईयूसिएनका राष्ट्रिय प्रतिनिधि डा.नेरन्द्रबाबु प्रधानले अध्यन प्रतिवेदन तयार गरि सरोकारवालासँग आगामी दिनमा छलफल गर्ने जानकारी दिए । सदरमुकाममा आयोजित गोष्ठीमा डा. प्रधानले भने,‘अध्यनका लागि परामर्शदाताहरु फिल्डमा हुनुहुन्छ । अध्यन सकेलगत्तै रिर्पोट सार्वजनिक गर्छौ ।’ विश्वव्यापी दिगो विकास लक्ष्यहरु प्राप्त गर्न मदत गर्न र २०५० सम्ममा प्रकृतिसँग सन्तुलित रुपमा बाच्ने विश्वको लागि एक महत्वकांक्षी मार्ग निर्देशन प्रस्तुत गर्न तयार गरिएको हो ।