setoveda logo
१६ जेठ २०८३, शनिवार

ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन

जेठ १, २०८३, शुक्रवार

जेठ १ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने चीन भ्रमण सम्पन्न भएको छ । बेइजिङमा दुई दिनको बैठकपछि ट्रम्प आज वाशिङ्गटन प्रस्थान गर्नुभएको बीबीसीले जनाएको छ । ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो वार्तालाई ‘अत्यन्त सफल, विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय’ भनेर वर्णन गर्नुभएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सी जिनपिङले यो भ्रमणलाई ‘ऐतिहासिक र कोशेढुङ्गा’ भन्नुभएको छ । यद्यपि दुई देशहरूबीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौताको घोषणा भएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

ट्रम्पले यात्राका क्रममा सञ्चारमाध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरमा उल्लेख छ । दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान युद्ध र ताइवान जस्ता मुद्दाहरूमा छलफल भएको थियो । यसअघि ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा सी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दाबी गर्नुभएको थियो । अमेरिकी राष्ट्रपतिका अनुसार चीनले हर्मुज जलमार्गलाई फेरि खोल्ने बताएको छ ।