पसलमा जलेको कपडा
भदौ २३ गते । जिल्लाको विरेन्द्रचोकस्थित सनराज भेराईटिज पसलमा मंगलबार (भदौ २३ गते) विद्युत सर्ट भएर आगलागी हुँदा २३ लाख मुल्य बरावरको क्षति भएको छ । फुङलिङ नगरपालिका–५ स्थित विरेन्द्रचोकमा रहेको पसलमा विद्युत सर्ट भएर आगलागी भएको हो । सञ्चालक लीला गुरुङ खवासले भनिन्,‘मुश्किलले थप क्षति हुनबाट जोगायौ । छरछिमेकले आगो निभाउन सहयोग गरे ।’ घरधनी दिनेश खवासका अनुसार विद्युतको वेयरिङ व्यवस्थित थियो । यद्यपी विद्युत सर्ट भएर आगलागी भएकाले घरको माथिल्लो तल्लाको भित्ता समेत धुँवाले कालो बनेको छ । लत्ताकपडा नजिकैको सार्वजनिक भवनको कोठामा चाबी लगाएर राखिएको छ ।
सनराज भेराईटिज पसल