मैवाखोला गाउँपालिकाले सुरु गर्यो वडा-वडामा एकिकृत घुम्ती शिविर
बैसाख २१ गते । जिल्लाको मैवाखोला गाउँपालिकाले प्रत्येक वडामा पुग्नेगरी सोमबार देखि एकिकृत घुम्ती शिविर सुरु गरेको छ । घर आँगनमै पुगेर जनतालाई सेवा प्रवाह गर्ने उद्धेश्यले वाड्नं १ ढुङ्गेसाँघुबाट शिविर सुरु भएको हो । शिविरमा गाउँपालिकाबाट प्रवाह गरिने कम्तिमा १२ वटा सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष बिजय प्रकाश वनेमले जानकारी दिए । जसमा नागरिकताको सिफारिस देखि सामाजिक सुरक्षा भत्ता सम्म रहेको छ । शिविरमा स्वास्थ्य परीक्षण तथा औषधी वितरण, किसानलाई बोट बिरुवामा लाग्ने रोग कीरा नियन्त्रण गर्ने औषधी तथा जैविक विषादी वितरण, मौसमअनुसार तरकारी बालीको बिऊबिजन वितरण, योजना सम्झौता, व्यवसाय दर्ता, नवीकरण तथा परार्मर्सका कार्यक्रम रहेका छन् ।
सोमबार देखि एकिकृत घुम्ती शिविर सुरु
शिविरमा पालिकाको सम्पूर्ण टिम परिचालित भएको गाउँपालिकाकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिइन । ६ वटा वडा रहेको पालिकामा वैशाख २१ गते सोमबारदेखि सुरु भएर २५ गते वडागत कार्यक्रम सकिने छ । प्रशासकीय केन्द्र रहेको वाड्नं ३मा भने बैशाख ३० गते वडा सहित छुटेको समग्र पालिकाको सेवा प्रवाह गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष वनेमले आफु निर्वाचित हुनुअघिको प्रतिवद्धता अनुसारनै शिविर सञ्चालन गरिएको वताए । यस्तो शिविर हरेकवर्ष सञ्चालन हुँदै आएको छ । शिविरसँगै सार्वजनिक सुनुवाइका कार्यक्रमसमेत रहेको गाउँपालिकाले जनाएको छ ।