setoveda logo
१३ भदौ २०८३, शनिवार

विश्वकप क्रिकेट लिग–टु श्रृंखलामा नेपालले आज ओमानसँग खेल्दै

वैशाख २२, २०८३, मङ्गलवार
विश्वकप क्रिकेट लिग–टु श्रृंखलामा नेपालले आज ओमानसँग खेल्दै

विश्वकप क्रिकेट लिग–टु श्रृंखलामा नेपालले आज ओमानसँग खेल्दै

वैशाख २२ गते । विश्वकप क्रिकेट लिग–टु एक दिवसीय श्रृंखलामा नेपालले आज ओमानसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि शुरु हुनेछ ।

घरेलु मैदानमा ओमान र युएईसँगको यो शृङ्खलाको आज अन्तिम खेल खेलेपछि नेपालले लिग–२ अङ्क तालिकाका शीर्ष दुई टोली अमेरिका र स्कटल्याण्डसँग खेल्नेछ । नेपालले यसअघि शनिबार भएको खेलमा युएईलाई ३७ रन र शुक्रबार भएको खेलमा ६ रनले हराएको थियो ।

त्यस्तै बुधबार भएको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित भएको थियो । आठ टोली रहेको लिग–टुमा नेपाल २३ खेलमा १६ अङ्कसहित सातौँ, युएई २४ खेलमा १४ अङ्कसहित आठौँ र ओमान २७ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा छ ।

यसैबीच नेपाल क्रिकेट सङ्घ ९क्यान० ले त्रिवि मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–टु एक दिवसीय शृङ्खलाको टिकट मूल्य घटाएको छ । नेपाल, युएई र ओमान सहभागी शृङ्खला हेर्ने दर्शकको सङ्ख्या घटेपछि क्यानले टिकट मूल्य पनि आधाले घटाएको हो । क्यानले यो शृङ्खलाअन्तर्गत आज नेपाल र ओमानबीचको अन्तिम खेलको टिकट मूल्य २०० रुपैयाँ तोकेको छ ।

यसअघि ४०० रुपैयाँ थियो । यस्तै यही वैशाख २९ गतेदेखि शुरू हुने नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको शृङ्खलाको टिकट मूल्य पनि २०० रुपैयाँ तोकिएको क्यानले जनाएको छ ।