setoveda logo
४ वैशाख २०८३, शुक्रवार

छुवाछुत मुक्त वडा भएपछि वर्ड डे देखि विहेका भान्सेसम्म सबै थरका हुन्छौ

जेठ २१, २०८२, बुधवार
नेत्र नेपाली, उपाध्यक्ष, नेपाल दलित मुक्ति संगठन केन्द्रिय कमिटी

नेत्र नेपाली, उपाध्यक्ष, नेपाल दलित मुक्ति संगठन केन्द्रिय कमिटी

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा वर्तमान सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेको छ । समयक्रमसँगै छुवाछुत र भेदभाव हट्दै गएको छ । पढौ नेत्र नेपालीको अनुभव ।

अधिकारकर्मी तथा दलित समुदायका अगुवा नेत्र नेपाली,नीता सिवा,अम्बर वहादुर विश्वकर्मा र लालुमाया बयलकोटी ।

अधिकारकर्मी तथा दलित समुदायका अगुवा नेत्र नेपाली,नीता सिवा,अम्बर वहादुर विश्वकर्मा र लालुमाया बयलकोटी ।

जेठ २१ गते । मेरो बुवाले सिलाई पेसा गर्थे । वुवाको जन्म साँघुमा भएको थियो । त्यो बेला पढ्ने चलन थिएन । शिक्षक र विद्यालयको अभाव थियो । तर समाजमा बसोबास गर्ने क्षेत्री वाहुनबाट पढ्नुपर्ने कुरा सिके । बुवाले मलाई पनि पढ्न विद्यालय पठाउन थाले । नाल्बुका डम्बरसिंह तुम्बाहाम्फे मेरा गुरु हुन् । डम्बरसिंहका बुवा पहलमान तुम्बाहाम्फे पनि मलाई पढ्न पे्ररित गर्ने व्यक्ति हुन् । साँवा स्किुलमा नाम भर्ना भए । कक्षा–७ पास गरेर खोक्लिङ आए । होस्टेलमा बसे । साथीसँग एउटै कोठामा बस्थे । खाना सँगै खान्थ्यौ । तर घरको चुलो चौकोमा लादैनथे । तर कोठामा लैजान्थे । यद्यपी गाउँमा हिड्दा समस्या हुन्थ्यो । किनकी समाजमा छुवाछुत र विभेद थियो । विभेद कसरी अन्त्य होला भन्ने चिन्ता हुन्थ्यो । म अलिक बुझ्ने हुँदै गए । कम्युनिष्ट सिद्धान्तले मात्र विभेद अन्त्य गर्छ भन्ने लाग्यो । माक्सवादले मात्र जातिय विभेद हुन्छ भन्ने लाग्यो । विद्यार्थी जीवनमा खूब नाच्थ्यौ । तर दलितसँग नाच्यो भनेर कसैले भन्दैनथे । डम्बरध्वज (संविधानसभा सदस्य) र डम्बरसिंह तुम्बाहाम्फेले इलाममा पढेका हुन् । त्यो बेला उनीहरुले सँगै बसौ भन्थे । कतै कार्की कतै खड्का भनेर जात ढाटिदिन्थे । तर चिनेजानेकाको घरमा हाकाहाँकी भनेर छिराउथे । त्यो बेला दलितलाई कासको थालमा खानेकुरा दिनुहुन्न भन्थे । त्यही भएर हलुङे थालमा दिन्थ्यो । समयक्रमसँगै २०४२ सालमा शिक्षक बने । विद्यालयको नाम ताप्लेजुङ प्रावि । शेर्पा बस्ती थियो । त्यतिबेलासम्म दलितलाई शिक्षक बनाउने चलन खासै थिएन् । अस्थायी दरवन्दि थियो । तर शिक्षक भएर पनि बाहिरै बसेर खानुपर्थ्यो । बास बस्दा समस्या हुन्थ्यो । संयोग नै भनौ, विद्यालयका अरु कर्मचारीले भेदभाव गर्दैनथे । गैरदलित समुदाय सकारात्मक भए विभेद अन्त्य हुन्छ भन्ने त्यतिबेलै बुझ्न पाए ।

नाल्बु गाविसलाई छुवाछुत मुक्त गाविस घोषणा गर्न प्रस्ताव राखे । सबै सहमत भयौ । सर्वदलिय कमिटी गठन गर्यौ । जुग जमाना कहाँ पुग्यो । यसरी विभेद गरेर हुँदैन । कर्ण कुमार तुम्बाहाम्फे,जयनारायण नाल्बो सबै मिल्यौ । अन्तरक्रिया गर्यौ । बैठकमा प्रस्ताव गर्यौ । अनि निर्णय गर्यौ । डम्बरध्वज तुम्बाहाम्फेले सहयोग गरे । धिरेन योञ्जन गाविस सचिव थिए । नाल्बु मात्र होइन, अरु गाविस पनि कसरी मुक्त गर्ने भन्नेमा छलफल केन्द्रित सुरु भयो । २०७२ साल पौष १४ गते नाल्बुलाई अध्याँरो मुक्त,विभेद मुक्त र खुल्ला दिशामुक्त गाविस घोषणा गर्यौ ।

मैले विर्सेको छैन् । सिडियो,डिएसपी र राजनीतिक दल र समाजले नारा लगाएका थियौ । नारा थियो,–‘जातिय विभेद अन्त्य गरौ । नारामा होइन,व्यवहारमा पनि लागू गरौ आदि...।’ त्यो दिनदेखि विवाहदेखि वर्ड डे सम्म हामी नै भान्से हुन्छौ । विभेद अन्त्यको घोषणा दलितले मात्र गरेर हुँदैन । राज्य नै लाग्नुपर्छ । अब हामी मेरिङ्देन गाउँपालिकालाई छुवाछुतमुक्त गाउँपालिका बनाउने अभियानमा छौ । अन्तरजात विहे गर्नेलाई सम्मान गर्ने कार्यक्रम गर्न थालिसकेका छौ । जनचेतनामुलक कार्यक्रम निरन्तर छ । गाउँपालिकाबाट यसवर्ष ५ लाख विनियोजन भएको छ । सचेतनामुलक कार्यक्रम गर्ने तयारी छ । वडा वडामा कार्यक्रम गर्ने तयारी छ । अनि मात्र गाउँपालिकालाई छुवाछुत मुक्त गाउँपालिका घोषणा कार्यक्रम गर्ने हो ।

प्रतिकात्मक तस्बिर

प्रतिकात्मक तस्बिर

समाजमा अझै पनि छुवाछुत र विभेद कायमै छ । जुन समाजलाई पछि धकेल्ने पुरानो रोग छ । दलितले ठूलो पद पायो भने नमस्कार भन्दा सानो भईन्छ भन्ने सामन्ति विचारधारा अझै जिवित छ । तर सबैमा होइन । केहीमा छ । तसर्थ हामीभित्र पनि सुधारको जरुरी छ । शिक्षा,सम्पत्ति,सिप र सरसफाईमा हामी अब्बल हुनुपर्छ । जस्तैः मलाई चुलो छेउमा राखेर खाना खुवाउँछ । तर म जस्तै थरको अरुलाई भान्सामा प्रवेश दिदैनन् । पेसा व्यवसाय गर्ने र पद हुने अनि सरसफाई हुनेलाई सबैले मान्छ । आफ्नो बारी बाँझो छ । तर अर्काकोमा माग्न जान्छौ । यो साह्र्रै ठूलो समस्या छ । किनकी माग्ने काम आफैमा नराम्रो हो । हामी अझै सच्चिनुपर्नेछ ।

स्मरण रहोस,पृथ्वीनारायण शाहले नेपाल एकीकरणका बेला आफूलाई थकित महसुस गरे । हात हतियारदेखि जनशक्ति र खानेकुराको अभाव झेल्नुपर्यो । त्यो बेला अम्बरे कामी,जैसे सार्की र विषे नगर्चीसहित ३ जना दलित थिए । केसैले हतियार बनाए । कसैले पैसा संकलन गरे । कसैले कपडा बनाए । अन्ततः शाहले युद्ध पनि जिते । अरु जातले झै दलितले पनि साथमा साथ र हातमा हात दिए । २००७ सालमा प्रजातन्त्र ल्याउन ३ जना दलित शहिद पनि भए । २०४६ र ६२÷६३ मा पनि दलित समुदायको योगदान कम छैन् । तर राज्यले हाम्रो योगदान विर्सेको जस्तो लाग्छ । सम्झदा पीर लाग्छ ।