setoveda logo
४ वैशाख २०८३, शुक्रवार

याक्थुङ चुम्लुङले भन्योः माबोमाथि कालोमोसो दल्दा अराजक शैलीमा हातपात,कुटपिट र अभद्र व्यवहार भयो

फागुन ५, २०८१, सोमवार

फागुन ५ गते । याक्थुङ चुम्लुङले नवनिर्वाचित उपाध्यक्ष पदम चेन्जी माबोलाई फागुन ४ गते कालोमोसो दल्ने काम अराजक भएको जनाएको छ । चुम्लुङले सोमबार प्रेश विज्ञप्ति निकालेर माबोमाथि भएको व्यवहारलाई अराजकको संज्ञा दिएको छ । अध्यक्ष दिलसिंह मेन्याङ्बोद्धारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ,–‘अराजक शैलीमा हातपात,कुटपिट तथा अभद्र व्यवहार गरिएको छ । संस्था खेद प्रकट गर्दछ ।’

चुम्लुङको धरानमा आयोजित दोश्रो महाधिवेशन भएको कार्यक्रमस्थलमा मुक्कुमलुङ संघर्ष समितिका आन्दोलनकारीले माबोलाई कालोमोसो दलेका थिए । सामाजिक सञ्जालमा भाइरल भिडियोमा उनलाई माफी माग्न समेत भनिएको छ । घटनापश्चात केबलकारको पक्ष र विपक्षमा रहेका कतिपयले सामाजिक सञ्जालमा एकअर्का विरुद्ध अश्लिल शब्द र गाली गलौज गरेका छन् ।