setoveda logo
४ वैशाख २०८३, शुक्रवार

युएईमा शुक्रबार ७ नेपालीसहित १२ जना घाइते भएको भोलिपल्ट अबुधाबीको ग्यास केन्द्रमा मिसाइल र ड्रोनका अवशेष खस्दा एक जनाको मृत्यु, ४ जना घाइते

चैत २१, २०८२, शनिवार
यूएई

यूएई

चैत २१ गते । यूएईको अबुधाबीस्थित एक ग्यास केन्द्रमा ड्रोन र मिसाइलका अवशेष खस्दा एक जनाको मृत्यु भएको छ । केही व्यक्ति घाइते भएका छन् । हब्शन ग्यास प्लान्टमा आगलागी हुँदा दुई पाकिस्तानी र दुई इजिप्टेली नागरिक घाइते भएका हुन् भने एक जना इजिप्टका नागरिकको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

गल्फन्युजका अनुसार हवाई सुरक्षा प्रणालीले प्रतिरक्षा गर्दा अवशेष ग्यास केन्द्रमा खसेका थिए । सोही क्रममा साइट खाली गराउने क्रममा इजिप्टेली नागरिकको मृत्यु भएको हो । घाइते भएका चार जनाको अवस्था भने सामान्य भएको समाचारमा उल्लेख छ । उनीहरुलाई तत्कालै उद्धार गरी अस्पताल पुर्‍याइएको छ । यसअघि शुक्रबार, प्रतिरक्षाका क्रममा अजबान क्षेत्रमा खसेको भग्नावशेषका कारण ७ जना नेपालीसहित १२ जना घाइते भएका थिए । घाइतेमध्ये एक नेपालीको अवस्था चिन्ताजनक रहेको छ । अन्य ५ जना घाइते भारतीय नागरिक हुन् । -अनलाइनखबर