setoveda logo
४ वैशाख २०८३, शुक्रवार

विवादबीच मधेशमा बन्यो ४ सदस्यीय मन्त्रिपरिषद्

कार्तिक २४, २०८२, सोमवार
विवादका बीच मधेस प्रदेशमा नयाँ सरकार गठन 

विवादका बीच मधेस प्रदेशमा नयाँ सरकार गठन 

कार्तिक २४ गते । विवादका बीच मधेस प्रदेशमा नयाँ सरकार गठन भएको छ । संविधानको धारा १६८ ९२० अनुसार बहुमतको सरकार गठन गर्न मागका बीच प्रदेश प्रमुख सुमित्रा भण्डारीले १६८(३) अनुसार एमालेका सरोज कुमार यादवलाई शपथ दिलाएसँगै विवाद चर्किएको छ ।

तर, विवादलाई बेवास्ता गर्दै प्रमुख प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा ४ सदस्यीय मन्त्रिपरिषद्लाई अनुमोदन समेत गरिसकेकी छन् । मुख्यमन्त्री यादवको सिफारिसमा संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कार्य जिम्मेवारीसहित मन्त्रिपरिषद् गठन गरेको उनले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार लखन दास तत्मा, विमला अन्सारी र कंचन बिच्छा मन्त्री बनेका छन् । उनीहरुलाई कुनै मन्त्रालयको भने जिम्मेवारी दिइएको छैन । हाल सबै मन्त्रालय मुख्यमन्त्री आफैँले राखेका छन् । बिरामी भएको भनेर सोमबार बिहानै काठमाडौँ हिँडेकी उनले बिचबाटोबाटै मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरेर शपथ दिलाएकी थिइन् ।