साविक हाङपाङ गाविस हाल क्यानडा निवासी विष्णुदत्त आङवुहाङ र श्रीमती सरस्वती कार्की आङवुहाङ
जेठ १२ गते । ताप्लेजुङको साविक हाङपाङ गाविस–७ निवासी विष्णुदत्त आङवुहाङ र श्रीमती सरस्वती कार्की आङवुहाङले किँरात याक्थुङ चुम्लुङ अध्यन केन्द्रलाई १ करोड रुपैयाँ सहयोग गरेका छन् । २३ वर्षदेखि क्यानडामा बसोबास गर्दै आएका आङवुहाङले (जेठ १० गते) ललितपुरमा आयोजित कार्यक्रममा संस्थालाई १ करोड सहयोग गरेका हुन् । कियाचु लिम्बुवान अध्यन केन्द्रको विष्णुदत्त सरस्वती आङवुहाङ प्राज्ञिक कोष बृद्धि घोषणा तथा पुरस्कार समर्पण समारोहमा उक्त रकम प्रदान गरेका हुन् । संस्थाले उक्त रकम अक्षयकोषमा राखेर ब्याजवापत लिम्बु समुदायको अध्यन तथा अनुसन्धान क्षेत्रमा लगानी गर्ने भएको छ ।
ललितपुरमा आयोजित कार्यक्रम
वि.सं. २०३२ सालमा लोक सेवा परीक्षा उत्र्तिण गरि शाखा अधिकृत भएका आङवुहाङले २०४१ सालमा जागिर छाडेका हुन् । जागिर छाडेलगत्तै विभिन्न गैरसकारी संस्थामा आबद्ध भएर काम गरेका थिए । आङवुहाङले भने,‘पञ्चायत शासन थियो । जति काम गरे पनि कामको कदर नभएको महसुुस गरे । त्यही भएर जागिर नै छोडिदिए ।’ यद्यपी जागिर छाड्दा कुनै पछुतो नभएको उनले सुनाए । ७४ वर्षीय आङवुहाङले समाजमा आर्थिक तथा भौतिक सहयोगलाई निरन्तरता दिएका छन् । उनले थपे,‘मानिसले सहयोग गर्ने भनेको जिवित हुँदा हो । जन्मथलोमा सहयोग गर्न पाउनु भाग्य हो ।’
(जेठ १० गते) ललितपुरमा आयोजित कार्यक्रम