setoveda logo
४ वैशाख २०८३, शुक्रवार

विश्वकप क्रिकेटमा भारतले नामिबियालाई ९३ रनले हरायो

फागुन १, २०८२, शुक्रवार

फागुन १ गते । भारतले आइसिसी टी–२० विश्वकप २०२६ को समूह ‘ए’ को खेलमा नामिबियालाई ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । दिल्लीको अरुण जेटली स्टेडियममा खेलेको यो खेलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । जवाफमा नामिबिया १८ ओभर २ बलमा अलआउट हुँदै १ सय १६ रनमा समेटियो । भारतका इशान किशनले २० बलमा ६१ रन बनाए ।

भारत

भारत

यस्तै हार्दिक पाण्ड्याले २७ बलमा ५२ रनको आक्रामक इनिङ्स खेले । उनले बलिङमा पनि २र२१ लिए । यस्तै वरुण चक्रवर्तीले ३ को शानदार प्रदर्शन गरे भने अक्षर पटेल २र२० को उत्कृष्ट बलिङ गरे । यो जीतसँगै भारतले लगातार दोस्रो जीत हात पारेको छ र समूहमा शीर्ष स्थानमा उक्लिएको छ । यसअघि पहिलो खेलमा भारतले अमेरिकालाई हराएको थियो । अब भारतको अर्को खेल पाकिस्तानसँग पर्सि आइतवार श्रीलंकामा हुँदैछ ।