setoveda logo
४ वैशाख २०८३, शुक्रवार

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली यूएईसँग खेल्दै

कार्तिक १९, २०८२, बुधवार

कात्तिक १९ गते । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपालले आज यूएईसँग खेल्दैछ । खेल आईसीसी एकेडेमीमा बिहान सवा ११ बजे शुरू हुनेछ । यूएईमा चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालको यो अन्तिम खेल हो । यूएई, नेपाल र अमेरिकाबीच श्रृंखला भएको हो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपालका खेलाडी

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपालका खेलाडी

नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनले र अमेरिकासँगकै अर्को खेलमा चार विकेटले पराजित भएको थियो भने यूएईसँगको खेलमा यसअघि पाँच विकेटले पराजित भएको थियो । नेपाल १९ खेलमा १२ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । अमेरिका २३ खेलमा ३६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा र १९ खेलमा ८ अंकसहित यूएई अंक तालिकाको पुछारमा छ । आजको खेलपछि नेपाली टोली स्वदेश फर्कनेछ ।