setoveda logo
४ वैशाख २०८३, शुक्रवार

२० वर्षमुनिको पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

पुष २६, २०८२, शनिवार

पुस २६ गते । २० वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् । अखिल नेपाल फुटल सङ्घ (एन्फा) ले आज श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

२० वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ 

२० वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ 

यस्तै एन्फाले २० वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा जीतबहादुर पुन र मङ्गल महर्जन तथा गोलकिपर प्रशिक्षकमा गङ्गाराम देउजालाई नियुक्त गरेको छ । एन्फा महासचिव किरण राईले आज तीनै जनालाई नियुक्ति पत्र प्रदान गर्नुभयो । नेपाली युवा टोलीले आउँदो मार्च २२ देखि अप्रिल ३ तारिखसम्म माल्दिभ्समा आयोजना हुने २० वर्षमुनिको साफ च्याम्पियनशिपमा सहभागिता जनाउनेछ ।