setoveda logo
४ वैशाख २०८३, शुक्रवार

वर्षमा साढे १७ अर्बको बिजुली निर्यात

साउन २०, २०८२, मङ्गलवार

साउन २१ गते । नेपालले आर्थिक वर्ष २०८१ र ८२ मा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । भारतमा १७ अर्ब १९ करोड ३२ लाख र बंगलादेशमा २६ करोड ६६ लाख ९८ हजार रुपैयाँ बराबरको बिजुली निर्यात गरिएको हो । यही अवधिमा भारतबाट १२ अर्ब ९२ करोड ३१ लाख रुपैयाँको बिजुली आयात भएको छ । अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा बिजुली निर्यात बढेको र आयात घटेको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०८०र८१ मा १७ अर्ब ६ करोड ६० लाख रुपैयाँको बिजुली भारत निर्यात गरिएको थियो ।

बिजुली निर्यात

बिजुली निर्यात

बंगलादेशमा भने बिजुली निर्यात सुरु भएको थिएन । त्यो वर्ष २०८०र८१ मा भारतबाट १६ अर्ब ९२ करोड ९० लाख रुपैयाँको बिजुली आयात गरिएको थियो । गएको आर्थिक वर्षमा भारतमा २ अर्ब ३४ करोड ९९ लाख ८६ हजार ९ सय ५५ र बंगलादेशमा ३ करोड ३ लाख ९ हजार ७ सय ६० किलोवाट–आवर बिजुली निर्यात भएको प्राधिकरणको तथ्यांक छ । नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ । बिजुली भारतीय ऊर्जा एक्सचेन्ज ९आईएक्स० को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’ मा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । प्राधिकरणले मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम ९एनभीभीएन० लाई पनि बिजुली बेच्ने गरेको छ । यहाँबाट खरिद गरेको बिजुली एनभीभीएनले हरियाणा राज्यमा आपूर्ति गर्दै आएको छ ।

भारतसँग विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ । बंगलादेशसँग भने डलरमा बिजुली निर्यात भइरहेको छ । नदी तथा खोलानालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन वृद्धि हुने भएकाले वर्षायाममा प्राधिकरणले विद्युत् निर्यात गर्दै आएको हो । हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाको उत्पादन घटेका बेला स्वदेशको माग धान्न हिउँदका केही महिनामा भारतबाटै बिजुली आयात गरिन्छ ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले २०८०र८१ मै आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी नेपाल खुद विद्युत् आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको दाबी गरेका थिए । तर स्वदेशी उद्योगीले मागअनुसार बिजुली नदिई भारत निर्यात गरेर खुद विद्युत् निर्यातकर्ता बनेको टिप्पणी गरेका थिए । पछिल्लो आर्थिक वर्षमा भने आयात अझ घटेर निर्यात बढेको तथ्यांक छ । ई-कान्तिपुर