setoveda logo
४ वैशाख २०८३, शुक्रवार

२३ वर्ष मुनिको एसियन कप छनोटमा नेपाल ताजिकिस्तानसँग ४–० गोल अन्तरले पराजित

भदौ १८, २०८२, बुधवार

भदौ १९ गते । एएफसी २३ वर्ष मुनिको एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल पहिलो खेलमै पराजित भयो । ताजकिस्तानका मुहम्मद अली अजिजबोइभले दुई तथा रहमतजोदा रहमतशो र शरिपोभ डालेरले समान एक गोल गरे । योसँगै समूह ‘के’ मा रहेको ताजकिस्तानले छनोटको सम्भावना बलियो बनाएको छ । नेपाललाई भने यो छनोट कठिन हुने देखिएको छ ।

तस्बिरः एन्फा

तस्बिरः एन्फा

खेलको शुरूवाती समयदेखि नै घरेलु टोलीले नेपाललाई दबाबमा राख्यो । पहिलो हाफमा एक गोल गरेको ताजकिस्तानले दोस्रो हाफमा तीन गोल थप्यो । अब नेपालले पर्सि शनिवार दोस्रो खेलमा सिरियासँग खेल्नेछ । सिरियाले हिजो भएको आफ्नो पहिलो खेलमा फिलिपिन्सलाई २–१ ले हरायो । नेपाललाई अब छनोटमा पुग्न फराकिलो अन्तर सहित खेल जित्नै पर्ने दबाब छ ।