setoveda logo
४ वैशाख २०८३, शुक्रवार

विहानीपख तस्बिरमा ताप्लेजुङ

कार्तिक २३, २०८२, आइतवार
विहानीपख तस्बिरमा ताप्लेजुङ

विहानीपख तस्बिरमा ताप्लेजुङ

रेडियो ताप्लेजुङ भएको भवनको माथिल्लो तल्लामा चढे । यताउता हेरे । विहानीको मौसम भएर पनि न जाडो न गर्मी । सायद हातमा बोकिएको गिलासभित्रको मन तातो पानी पिएर होला । हिउँदे घामले ढाक्न सुरु गरेका देखिएजति भु भागको घमाइलो दृश्य । पाथीजस्तै डाँडाको पाथीभरा । गिलास खप्टिएझै देखिनै डाँडाहरु । चट्टाने पहाड । पहाडका पहेँलपुर बेसी । चिलपखेटा आकारका घरहरु । पहाडमाथि समुद्रझै हलचल नगरि अडिएका सेताम्मे कुहिरो । तर निलो गगनले ओझेलमा परेको आभास दिन्छ । कापीमा कलमको थोप्लाझै निलो गगनमा सेतो जुन । भुँईतिर फुङलिङ बजार । सर्लक्क परेको काक्राजस्तो । रुख विरुवाको हरियालीले साथ दिएकै छ । यहाँबाट दृश्यवलोकन गर्नेहरु भन्छन्,ः‘आहा ! कति राम्रो बजार है ! ठूलो रै’छ ।’ तर पर्यटकलाई सदरमुकाममै बसाई लम्ब्याउने मेलो चाहिँ के होला ?

विहानीपख तस्बिरमा ताप्लेजुङ

विहानीपख तस्बिरमा ताप्लेजुङ