कोशी प्रदेशका पूर्व उद्योग कृषि तथा सहकारी मन्त्री हाङ्गाम
पुस २२ गते । कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गामको सचिवालयले पुस २२ गते सचिवालयको फेसबुक पेजमा लेख्यो,–‘सबैलाई धेरै–धेरै धन्यबाद !’ मन्त्री हाङगामले १४ महिना २४ दिन मन्त्रीको रुपमा काम गरे । यतिका अवधिमा मन्त्रालयको तर्फबाट सम्झनलायक काम गर्न सफल भए । उनले लेखेका छन्,‘मन्त्रीको तर्फबाट काम गर्दा देश र जनताको काम गर्ने अवसर मिल्यो । पुनः सबैमा धन्यबाद !’ मुख्यमन्त्रीसँग समेत स्प्रष्ट कुरा राखेर मन्त्रालय हाँक्ने हक्की स्वभावको मन्त्रीको परिचय बनाउन सफल बनेँ । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपश्चात प्रदेशका थुप्रै संरचना खरानी बनेको छ । तैपनी नियमित कार्य सम्पादन गर्नका लागि वैकल्पिक उपायमार्फत सेवा प्रवाह गर्न थालेको छ । भानु जन माविको आइटी एकेडेमीमा बजेट विनियोजन गरेर प्रविधिको युग भनि प्रदेशसभामै बोलेको विषयले महत्व पाएको थियो । जबकी ताप्लेजुङको जस्तै आइटी एकेडेमी कोशी प्रदेशका विभिन्न ठाउँमा सञ्चालन गर्ने सांसद,मन्त्री र मुख्यमन्त्री समेतले धारणा व्यक्त गरेका छन् । मन्त्री हाङ्गामले मन्त्रालयको कामलाई जति महत्व दिन्थे, उति नै जिल्लालाई पनि । चालु आ.व. २०८२÷८३ कोशी प्रदेशबाट स्विकृत आयोजना र बजेटको फेहरिस्त निकै लामो छ । अधिकाँशले भन्छन्,-मन्त्रीले यो वर्ष योजना र बजेट ल्याएकै हुन् । स्याबास भन्न कन्जुस्याईँ गर्न हुन्न ।