setoveda logo
४ वैशाख २०८३, शुक्रवार

उम्मेदवार राईलाई प्रश्न,–ताप्लेजुङको भुगोल ठूलो छ, ढुङ्गा बढि रहेछ कि माटो ?

फागुन १४, २०८२, बिहिवार
श्रम संस्कृति पार्टीका उम्मेदवार सन्तोष राई ।

श्रम संस्कृति पार्टीका उम्मेदवार सन्तोष राई ।

फागुन १४ गते । जिल्लाको प्रतिनिधिसभा चुनावमा श्रम संस्कृति पार्टीका उम्मेदवार हुन्,–सन्तोष राई । याम्फुदिनका राई जिल्ला समन्वय समितिको सदस्यबाट राजिनामा दिएर उम्मेद्वार बनेका छन् । धरानका निवर्तमान मेयर हर्क साम्पाङको नेतृत्वमा स्थापना भएको पार्टीमा आबद्ध भएर चुनावी माहोलमा होमिएका छन् । उम्मेद्वार राईका अनुसार आफु र कार्यकर्ता मतदाताको घर–घर पुग्ने क्रम जारी छ । पार्टीको चुनाव चिन्ह ‘माटो’ हो । प्रतिनिधिसभा चुनाव २०८२ विशेष कार्यक्रममा प्रश्न गर्दै राईलाई भने,‘ताप्लेजुङ ठूलो भुगोल छ । भुगोलमा ढुङ्गा बढि रहेछ कि माटो ?’ राईले भने,‘ढुङगा र माटो बरावर छ । २१ गते पछि ब्यालेट खोलेर हेरौ, अपत्यारिलो नतिजा आउँछ ।’ हर्क साम्पाङले नेतृत्व गरेको पार्टी किन ? भन्ने जिज्ञासमा राईले भने,‘श्रम सस्कृति पार्टी श्रममा पनि विश्वास गर्छ । गफ होइन, काम गरौ ।’ विचार,औजार,चेतना र पसिना चार शब्दमा समाज छ ।