setoveda logo
४ वैशाख २०८३, शुक्रवार

दोश्रो स्व. पदम वहादुर गुरुङ स्मृती फुटबल पुस ११ गतेदेखि सुरु

मंसिर २६, २०८२, शुक्रवार
दोश्रो स्व. पदम वहादुर गुरुङको स्मृतीमा खुल्ला क्लब स्तरीय पुरुष फुटबल प्रतियोगीता

दोश्रो स्व. पदम वहादुर गुरुङको स्मृतीमा खुल्ला क्लब स्तरीय पुरुष फुटबल प्रतियोगीता

मंसिर २६ गते । जिल्लाको फुङलिङ नगरपालिका–६ मर्दटारमा (लक्ष्मीटार) ‘तमू ल्होसार २०८२’ को अवसरमा पुस ११ गतेदेखि १५ गतेसम्म दोश्रो स्व. पदम वहादुर गुरुङको स्मृतीमा खुल्ला क्लब स्तरीय पुरुष फुटबल प्रतियोगीता हुने भएको छ । वृहत सांस्कृतिक कार्यक्रमसहित पुरुष फुटबल प्रतियोगीता हुने भएको हो । प्रथम पुरस्कार १ लाख १५ हजार र दोश्रो पुरस्कार ५५ हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । विधागत रुपमा पनि पुरस्कार राखिएको छ ।

प्रथम पुरस्कार सौजन्य गर्ने परिवार ।

प्रथम पुरस्कार सौजन्य गर्ने परिवार ।

ताप्लेजुङ स्र्पोटिङ क्लबले तमू ह्यूल छोंज धिं गुरुङ राष्ट्रिय परिषदसँग समन्वय गरेर प्रतियोगीता तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको हो । क्लबका अध्यक्ष मणिराज गुरुङका अनुसार पुस १५ गते र्याली र निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बामा शुभकामना आदानप्रदानपश्चात फाइनल खेल गर्ने निर्णय भएको छ । टिमको नाम र सहभागी संख्या चाडै टुंगो लाग्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

स्व. पदम वहादुर गुरुङका श्रीमती,कान्छा छोरावुहारीद्धारा दोश्रो र विधागत पुरस्कार सौजन्य ।

स्व. पदम वहादुर गुरुङका श्रीमती,कान्छा छोरावुहारीद्धारा दोश्रो र विधागत पुरस्कार सौजन्य ।