असार २६ गते । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले विश्वभर युट्युब भ्यूजमा उछाल ल्याइरहेको छ । नेपालमा यसले २० घण्टामै १६ लाख ३६ हजार भ्यूज पाएर चौबिस घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको युट्युब कीर्तिमान रचिसकेको छ ।यस्तोमा, यो गीतले विहिबार युट्युबमा अर्को कीर्तिमान रचेको छ । यो गीत अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बनेको छ । यसअघि कुनै पनि नेपाली गीत ‘संयुक्त राज्य अमेरिका’को ट्रेन्डिङमा आउन सकेका थिएनन् ।
दुर्गेश थापा
अमेरिकामा यो गीत युट्युब ट्रेन्डिङको १३ औं स्थानमा छ । त्यो पनि संगीत खण्डतर्फ होइन, रियल टाइम ट्रेन्डिङमा । यो समाचार लेख्दासम्म यो गीत अस्ट्रेलियामा ट्रेन्डिङ १ मा, क्यानडामा १७, युएईमा ३, कतारमा २, कुवेतमा ५, बेलायतमा ८ र नेपालमा संगीत खण्डतर्फ पहिलो स्थानमा उक्लिएको छ । सज्जनराज वैद्यको गीत ‘बेहुली’लाई पनि उछिनेर यो गीत नेपालको संगीत खण्डतर्फको शीर्षस्थानमा पुगेको हो । यदि यो ट्रेन्डिङ कायम रहे, यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा आउन मुस्किल छैन ।