फाल्गुनन्दको १४१औं जन्मजयन्तीको अवसरमा प्रस्तुती गर्दै च्याब्रुङ टोली ।
कार्तिक २५ गते । ताप्लेजुङ बजारमा राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको १४१औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको छ । मंगलबार १६औं राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङदेनको १४१औं जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम पनि सम्पन्न भएका छन् । विश्व शान्ति,मानव एकता, सकल प्राणी,प्राकृतिक भूगर्भ चराचरको रक्षात्मक र सिद्धी शक्ति प्राप्त कर्मका लागि येत नाम्धुङ लाधुङ सेमिसेवा महा अष्टम यज्ञसेवासहित कार्यक्रम भएको छ ।
फुङलिङ नगरपालिका ६ काहुलेमा सजिसजावट गरिएको माङ्हिम ।
जातिय पोसाकमा सहभागी बालक ।
जातिय पोसाकमा सहभागी बालिका ।
जातिय पोसाकमा सजिएका सहभागी ।
धामी झाक्री ।
मौलिक भेषभुषा र गरगहनामा सजिएका सहभागीहरु ।
किँरात धर्म तथा साहित्य उत्थान संघ सचिव सरोज कङलिवाका अनुसार वर्षेनी कार्यक्रम रचनात्मक बन्दै गएको छ । । कबर्डहलबाट र्यालीसहित बजार परिक्रमा गरेर फुङलिङ नगरपालिका ६ स्थित माङ्हिम कार्यक्रमस्थल पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
अध्यक्ष कर्ण पालुङ्वा र प्रमूख अतिथि लेख वहादुर पालुङ्वासहित विशिष्ट र अतिथिहरु ।
अतिथिलाई स्वागतगर्दै आयोजक ।
फुङलिङ नगरपालिका उपप्रमूख भिमादेवी ओझा,प्रमूख जिल्ला अधिकारी शिवप्रसाद सेढाई,कंञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद अध्यक्ष खगेन्द्र फेम्बो, फुङलिङ नगरपालिका ६ वडाअध्यक्ष तेज गुरुङ मदन, वडा नं. १० वडाअध्यक्ष सन्तोष लिम्बु लगायतले शुभकामना मन्तव्य दिए । अध्यक्ष कर्ण पालुङ्वाको अध्यक्षता तथा अग्रज लेख बहादुर पालुङवाको प्रमूख आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सदरमुकामबाट निस्किएको र्याली माङ्गिम प्रवेश गर्दै ।
तोक्मेडाँडास्थित महागुरु फाल्गुनन्द लिङ्देनका शालिक ।