मिक्वाखोला गाउँपालिकामा आयोजित तरुण दलको अधिवेशनमा सहभागी ।
भदौ १६ गते । नेपाली काग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलको मैवाखोला गाउँपालिका अध्यक्षमा मिलन लिम्बु र मिक्वाखोला गाउँपालिकाको अधयक्षमा राजन कार्की चयन भएका छन् । मैवाखोलामा लिम्बुको अध्यक्षतामा ३१ सदस्यीय र मिक्वाखोलामा कार्कीको नेतृत्वमा २१ सदस्यीय समिति चयन भएको हो । मैवाखोला गाउँपालिका उपाध्यक्षमा क्रमस सेनेहाङ वनेम र सन्तोष थेबे रहनुभएको छ भने सचिवमा कमल वनेम, सहसचिवमा सुर्य शेर्पा, कोषाध्यक्षमा मिना शेर्पा चयन भएका छन् ।
मिक्वाखोला गाउँपालिकामा आयोजित तरुण दलको अधिवेशनमा सहभागी काग्रेसका नेतृत्वहरु ।
मिक्वाखोला गाउँपालिका उपाध्यक्षमा राम थलङ र सुर्य लिम्बु,सचिव सुवास लिम्बु र कोषअध्यक्ष विश्व थापा चयन भएका छन् । सहसचिव मिङ्मा शेर्पा भएका छन् । मैवाखोलामा भदौ १४ गते र मिक्वाखोलामा भदौ १५ गते अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको हो । नेपाल तरुण दल ताप्लेजुङका कार्यवहाक अध्यक्ष पृथ्वीमान पालुङवाका अनुसार बाँँकी गाउँपालिकामा असोज दोश्रो साताभित्र अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ । फुङलिङ नगरपालिका,सिदिङमा गाउँपालिका,पाथीभरा याङवरक गाउँपालिका,सिरीजङगा गाउँपालिका र फक्ताङलुङ गाउँपालिकामा अधिवेशन हुन बाँकी छ । यसैगरि प्रदेश ‘क’ र ‘ख’ क्षेत्र तथा जिल्ला अधिवेशन लगत्तै हुने कार्यवहाक अध्यक्ष पालुङ्वाले बताए । मंसिर २६,२७ र २८ गते केन्द्रिय अधिवेशनको मिति तय गरेको छ ।
तरुण दलको सर्वसम्मत नेतृत्व चयनपश्चात तस्बिर कैद गर्दै ।