setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ट्रम्पको आह्वान- अमेरिकासँग धेरै र गुणस्तरीय तेल छ, छिटो आउनुस्

चैत २९, २०८२, आइतवार

चैत २९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुनियाँका सबैभन्दा ठूला दुई तेल अर्थतन्त्रभन्दा बढी तेल अमेरिकासँग रहेको दाबी गरेका छन् । शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमार्फत ट्रम्पले ठूलै संख्यामा तेल ट्यांकर अमेरिकातर्फ आइरहेको दाबी गर्दै यस्ता बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘ठूलो संख्यामा खाली तेल ट्यांकर अमेरिकातर्फ अघि बढिरहेका छन् । ताकि दुनियाँको सबैभन्दा राम्रो र मीठो तेल र ग्यास भर सकुन्,’ ट्रम्पले लेखेका छन् । ‘दुनियाँका भविष्यका सबैभन्दा बढी तेल अर्थतन्त्र मिलाएर जति तेल हुन्छ, अमेरिकासँग त्यसभन्दा पनि बढी तेल छ,’ उनले लेखेका छन्, ‘र, त्यो तेलको गुणस्तर पनि अत्यधिक राम्रो छ ।’ ट्रम्पले तेल खरिदकर्तालाई अमेरिका आउन पनि भनेका छन् । ‘हामी तपाईँको प्रतीक्षा गरिरहेको छौं, छिटो आउनुस्,’ ट्रम्पले लेखेका छन् ।