जेठ २३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका धनाढ्य पूर्वसहकर्मी इलन मस्कले व्यक्तिगत तहमै उत्रेर एक-अर्काविरुद्ध गालीगलौज सुरु गरेपछि अमेरिकी र अन्य सेयर बजारले त्यसको कम्पन महसुस गरेका छन् । टेस्लाको सेयर मूल्य बिहीबार एकैदिन १४।३ प्रतिशतले घटेपछि कम्पनीको बजार मूल्यमा १५० अर्ब अमेरिकी डलरभन्दा बढीको गिरावट आएको छ । यसले गर्दा टेस्ला विश्वका १० ठूला कम्पनीको सूचीबाट समेत बाहिरिएको छ । यस घटनाले मस्कको व्यक्तिगत सम्पत्तिमा पनि ठूलो असर परेको छ । उनले एकैदिन झन्डै ३४ अर्ब डलर गुमाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका धनाढ्य पूर्वसहकर्मी इलन मस्क
सेयर बजारको यो गिरावट मस्कले ट्रम्प प्रशासनद्वारा प्रस्तावित बजेटसम्बन्धी विधेयकलाई ुघिनलाग्दो र अक्षम्यु भन्दै सामाजिक सञ्जाल एक्समा कडा आलोचना गरेपछि आएको हो । यो विधेयकले ठूलो परिमाणमा कर कटौती र नियामकीय लचकता ल्याउने योजना बनाएको छ । तर, अर्थशास्त्रीहरूले यस्तो कदमले आगामी दशकमा संघीय बजेट घाटा २४ खर्ब अमेरिकी डलरले बढ्ने भन्दै आलोचना गरिरहेका छन् । मस्कले खुला रूपमै ट्रम्पका नीति र योजनासँग असहमति जनाउने, विधेयकको पक्षमा रहेकाको आलोचना गर्ने र यो क्रम जारी रहे अमेरिका टाट पल्टिने भन्दै आफ्ना सांसद्हरूलाई फोन गरेरै त्यसको आलोचना गर्न अपिल गरेका थिए ।
मस्क खुला रूपमै विरोधमा उत्रेपछि ट्रम्पले पनि सामाजिक सञ्जाल र मिडियामार्फत आक्रामक प्रतिक्रिया दिए । उनले मस्कलाई आफ्नो स्वार्थ हुँदासम्म पक्षमा रहेर अहिले आफूले भनेजस्तो नभएपछि आलोचनामा उत्रेको आरोप लगाएका छन् । ुम अत्यन्तै निराश छु,ु ट्रम्पले जर्मनीका राष्ट्रप्रमुखसँगको पत्रकार सम्मेलनमा भने, ुअहिले मस्क रूँदै हिँड्नुको प्रमुख कारण हामीले उसले पाउँदै आएको संघीय अनुदान लगायत अनुत्पादक खर्च घटाउन लागेको कारणले हो ।ु
ट्रम्पका पूर्व सल्लाहकार स्टिभ बेनन लगायतले मस्कको कम्पनी कब्जा गरेर उनलाई देश निकाला गर्नुपर्छ भन्नेजस्ता अभिव्यक्ति दिएका छन् । मस्कले भने ट्रम्प र उनका नीतिविरूद्ध एकपछि अर्को पोस्ट गर्दै ुएप्स्टिन फाइलु भनिने बाल यौन उत्पीडन गर्नेहरूको सूचीमा ट्रम्प सामेल रहेको भन्नेसम्मका आरोप लगाएका छन् । आफूले नै चुनाव जिताएको भन्दै ट्रम्पलाई मस्कले चुनौती पनि दिएका छन् ।
यो विवाद मिडियामा मात्र सीमित नरहेर सेयर बजारमा समेत प्रत्यक्ष असर गरेको छ । नेसड्याक कम्पोजिट २।१ प्रतिशतले घट्दा एसएन्डपी ५०० सूचकांक १।४ प्रतिशतले ओरालो लाग्यो । टेक्नोलोजी र हरित ऊर्जा कम्पनीहरूको सेयरमा विशेष प्रभाव परेको यो दिन रिभियन, लुसिड मोटर्सजस्ता अन्य ईभी कम्पनीको सेयर पनि ५ प्रतिशतदेखि ९ प्रतिशतसम्म घटे ।ु यो टेस्लाको मात्रै कुरा होइन,ु जी स्क्वाएर्डकी प्रमुख भिक्टोरिया ग्रिनले भनेकी छन्,ु यो प्रविधि क्षेत्रको राजनीतिक जोखिमबारे बजारको धारणा हो । जब राष्ट्रपतिले सार्वजनिक रूपमा कुनै सीईओलाई यस्तो हमला गर्छन्, त्यसलाई बजारले मन पराउँदैन, अनिश्चितता ल्याउँछ ।ु
टेस्लाको अवस्था अहिले जटिल छ । अमेरिकी यातायात मन्त्रालयले यसका ुपूर्ण स्वचालित ड्राइभिङ सफ्टवेयरुबारे अनुसन्धान गरिरहेको छ । त्यसबाहेक कम्पनीले आफ्नो परम्परागत विद्युतीय सवारीको बिक्रीहरूमा गम्भीर गिरावट र महँगो रोबोट्याक्सी मोडेलतर्फको रूपान्तरणमा चुनौती सामना गरिरहेको छ । वेडबश सेक्युरिटिजका विश्लेषकका अनुसार नियामकीय अवरोधले बाटो नछेकेको खण्डमा टेस्लाको एआई र स्वचालनमा आधारित रणनीतिले कम्पनीको मूल्यांकन उल्लेख्य बढाउन सक्छ ।ुइलनको राजनीतिक चालले यसको सेयर मूल्य र ब्रान्डमा निरन्तर असर गरिरहेको छ,ु सेयर बजारसम्बन्धी रणनीतिकार डेनिस डिकले भनेका छन्, ुपहिला उनले ट्रम्पको साथ दिँदा उदार विचारधाराका ग्राहक टाढिए, अहिले ट्रम्पको विरोध गरेपछि दक्षिणपन्थी पनि टाढिँदैछन्, यो दुवैतर्फ घाटा हो ।ु