setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङमा धरानका मेयर राईको उपस्थितिमा विहिबार पार्टी प्रवेश र सपथ ग्रहण

मंसिर ११, २०८२, बिहिवार
निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र बुझेपछि तस्बिर खिचाउँदै धरानका मेयर हर्क साम्पाङ ।

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र बुझेपछि तस्बिर खिचाउँदै धरानका मेयर हर्क साम्पाङ ।

मंसिर ११ गते । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईको उपस्थितिमा विहिबार ‘श्रम संस्कृति पार्टी’को संगठन विस्तार कार्यक्रम सदरमुकाम फुङलिङमा आयोजना गरेकोे छ । फुङलिङ नगरपालिका–४ स्थित तोक्मेडाँडामा (अस्थायी बसपार्क) कार्यक्रम तय गरेको हो । श्रम संस्कृति पार्टी जिल्ला संयोजक निमतेन्जी शेर्पाका अनुसार दिउँसो १२ बजेदेखि स्टेजको कार्यक्रम संञ्चालन गर्ने तयारी छ । संयोजक शेर्पाले भने,‘विहान साढे ६ बजे गोपेटारबाट ताप्लेजुङतिर आउँदैहुनुहुन्छ । आएलगत्तै खाना खाएपछि कार्यक्रम सुरु हुन्छ ।’ मेयर राईसहित १०÷१५ जना आउँदैछन् । हेलिप्याड गेटमै स्वागत कार्यक्रम तय गरेको छ । विरेन्द्रचोकदेखि कार्यक्रमस्थलसम्म र्याली निकाल्ने भएका छन् । स्टेजमा सांस्कृतिक कार्यक्रम समावेश छैन् । सपथ ग्रहण र पार्टी प्रवेश कार्यक्रमलाई महत्व दिएका छन् । मेयर राईसहित पार्टीका केन्द्रिय सदस्यको मन्तव्य मात्र रहेको संयोजक शेर्पाले जानकारी दिए । को–को र कति जना पाटी प्रवेश गर्ने तयारीमा छन ? भन्ने जिज्ञासामा संयोजक राईले भने,‘थुप्रैले सम्पर्क गरेका छन् । परिचय कार्यक्रमस्थलमै खुलाउने छौ ।’ गाउँ–गाउँबाट स्वस्र्फूत रुपमा आएका वाहेक कसैलाई पनि यातायात व्यवस्थापन र पाटीले कुनै शिर्षकमा खर्च नगरेको शेर्पाले बताए । कार्यक्रमस्थलमा बुधबार सरसफाई समेत गरेको छ । शेर्पाको संयोजकत्वमा गत मंसिर ५ गते २२ सदस्यीय तदर्थ समिति गठन भएको थियो ।