setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङमा समिक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम

भदौ १७, २०८२, मङ्गलवार
ताप्लेजुङमा समिक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम उद्घाटन गर्नुहुँदै प्रमूख अतिथि प्रतिनिधिसभा सांसद लिलादेवी बोखिम

ताप्लेजुङमा समिक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम उद्घाटन गर्नुहुँदै प्रमूख अतिथि प्रतिनिधिसभा सांसद लिलादेवी बोखिम

भदौ १६ गते । ताप्लेजुङमा सँघ र प्रदेश सरकारका विषयगत कार्यालय र स्थानिय तहको आ.व २०८१/८२ को वार्षिक समिक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ । भदौ १५ र १६ गते जिल्ला समन्वय समितिको हलमा भएको थियो । सरकारी तथा गैह्रसरकारी कार्यालय र ९ वटै स्थानिय तहको प्रस्तुती थियो । जिल्ला समन्वय समिति प्रमूख छिरिङ लामाले भने,‘हाम्रो सवल पक्ष र दुर्वल पक्षबारे समिक्षा गरेका हौ । राम्रो पक्षलाई निरन्तरता दिने र सुधार गर्नुपर्ने पक्षलाई सुधार गर्ने प्रतिबद्धता जनाउने थलो पनि हो ।’

ताप्लेजुङमा समिक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा बोल्दै जिसस प्रमूख छिरिङ लामा

ताप्लेजुङमा समिक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा बोल्दै जिसस प्रमूख छिरिङ लामा

प्रमूख जिल्ला अधिकारी शिवराज सेढाईले शिक्षा र स्वास्थ्य क्षेत्रमा जिल्लामा केही समस्याको जानकारी आएकाले आफू एक्सनमा जाने बताए । सुकेटार काफ्लेपाटी सडक वेहालबारे बोल्दै प्रजिअ सेढाईले भने,‘ठेकेदार प्रहरीमा,कामदार सडकमा हुने दिन नआओस् । यो तालले हुँदैन् ।’ सरकारी विद्यालयका शिक्षक,अभिभावक र संञ्चालक समितिको गतिविधिप्रति पनि निराशा व्यक्त गरे । फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले पाथीभरामा केबलकारको विषयमा गाउँपालिका अध्यक्षहरुले साथ नदिएको गुनासो गरे । मादेनले भने,‘केबलकार बन्यो भने अमिर मादेनले लाभ लिन्छ भन्ने बुझाई छ । कति कमजोर बुझाई । सम्झदा दुख लाग्छ ।’ कतिपय गाउँपालिका अध्यक्षले जिससले आयोजना गर्ने कार्यक्रमलाई हेलचेक्रयाई गरेको आरोप लगाए ।

समिक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा बोल्दै फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेन 

समिक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा बोल्दै फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेन 

पाथीभरा याङवरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङले एक आपसमा सिकाई उपलब्धि आदानप्रदान गर्नेगरि कार्यक्रम आयोजना गरेकोमा धन्यबाद दिए । गुरुङले भनिन्,‘सिक्ने र सिकाउने क्रम निरन्तर प्रक्रिया हो । आज भन्दा भोली, भोली भन्दा पर्सी अझ राम्रो गर्ने अठोट पनि हो ।’

 समिक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा बोल्दै पाथीभरा याङ्वरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ

 समिक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा बोल्दै पाथीभरा याङ्वरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ

प्रतिनिधिसभा सांसद तथा प्रमूख अतिथि लिलादेवी बोखिमले सुधार गर्नुपर्ने विषयमा कन्जुस्याई गर्न नहुने बताए । सांसद बोखिमले भनिन्,‘नीति नियम र कानुन निर्माण गर्नु हाम्रो दायित्व हो । तर विकास योजना ल्याउँछन भन्ने स्थानियमा बुझाई छ । फलस्वरुप स्थानियको अपेक्षा राम्रो नीति नियम र ऐन कानुन भन्दा पनि विकासको बढि अपेक्षा गर्छन् ।’ सामुदायिक भवन,कबर्ड हल र सिरीजङा गाउँपालिकास्थित खेल मैदानमा आफूले योजनामा बजेट लगानीका लागि सिफारिस गरेको बताए ।

 समिक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा बोल्दै प्रमूख अतिथि प्रतिनिधिसभा सांसद लिलादेवी बोखिम

 समिक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा बोल्दै प्रमूख अतिथि प्रतिनिधिसभा सांसद लिलादेवी बोखिम

ताप्लेजुङमा समिक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम समापनपश्चात सामहिक तस्बिर कैद गर्दै

ताप्लेजुङमा समिक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम समापनपश्चात सामहिक तस्बिर कैद गर्दै

ताप्लेजुङमा समिक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा सहभागीहरु

ताप्लेजुङमा समिक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा सहभागीहरु