‘काब्रु क्याफे एण्ड रेस्टुरेन्ट’ को उदघाटनपूर्व पुजामा प्रमूख अतिथि गेशे खेन्पो थुप्तेन जिक्डोल
जेठ २३ गते । जिल्ला सदरमुकामस्थित दोबाटोमा शुक्रबारदेखि ‘काब्रु क्याफे एण्ड रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ । प्रमूख अतिथि गेशे खेन्पो थुप्तेन जिक्डोलले उद्घाटन गरेसँगै संञ्चालनमा आएको हो । गुम्बा विकास समिति अध्यक्ष समेत रहेका जिग्डोलले रिवन काटेर र दीप प्रज्वलनगरि क्याफेको उद्घाटन गरे । प्रमूख अतिथि जिग्डोलले भने,‘लगानीकर्ता र ग्राहकलाई आशिवार्द छ । फलोस,फूलोस र मानवीय साथ र सहयोग आदानप्रदानमा शक्ति मिलोस ।’
गुरुसँग ‘काब्रु क्याफे एण्ड रेस्टुरेन्ट’ संञ्चालकद्धय दीपक र तारामान गुरुङ आशिवार्द ग्रहण गर्दै ।
सालाभेना दीपक गुरुङ (लामा) र तारामान गुरुङले संञ्चालनमा ल्याएका हुन् । आकर्षक डिजाइन,बस्नका लागि आरामदायी कोठा र गुणस्तरीय खाना खाजा उपलब्ध गराउनेगरि खोलिएको आभास हुन्छ । काब्रु क्याफे एण्ड रेस्टुरेन्टमा करिब ६५ लाख लगानी छ । क्याफेमा ६० जनासम्म अट्ने क्षमता छ । जेठ २३ गतेदेखि २९ गतेसम्म ओपनिङ टाईम राखिएको छ । दीपकले भने,‘सबै साथीभाईलाई एकैदिनमा बोलाउँदा अटाउन गाह्रो हुने भयो । त्यही भएर पालैपालो गरेर निम्तो दिएका छौ ।’
प्रमूख अतिथिसँग सञ्चालक दीपक र तारामानको परिवार
क्याफे सञ्चालन गर्ने कि नगर्ने भनेर अन्यौलमा भएका बेला साथीभाईले आफ्नै ठाउँमा लगानी गरेर व्यवसाय गर्नुपर्छ भनि ढाडस दिएकाले व्यवसाय सुरु गरेको उनीहरुले बताए । तारामानले भने,‘आन्तरिक तथा बाह्य पर्यटकले आरामदायी क्याफे भए नभएको सोधपछ गरेको पायौ । त्यही भएर लगानी गरेर खोल्ने हिम्मत गर्यौ ।’ होटल पाथीभरा गेस्ट हाउसका संञ्चालक नन्दु बानियाँका अनुसार यूवाहरुले नै व्यवसाय सुरु गर्नु खूसीको कुरा हो । बानियाँले भने,‘अधिकाँश मान्छेले यहाँ लगानी गरेका छैनन् । कम्तीमा दीपक र तारामानले धेरे थोर जतिभएपनि यहि लगानी गरे । यो नै खूसीको कुरा हो ।’ होटल माउन्टेन सञ्चालक विमल भण्डारीका अनुसार व्यवसाय थपिनु नै स्वस्थ प्रतिस्पर्धा हुनु हो । भण्डारीले भने,‘ग्राहकले खोजेजस्तो क्याफे काब्रु छ भन्न पाउने भयौ । भविष्य निकै राम्रो छ ।’
अतिथिसँग तस्बिर खिच्दै
के–के पाइन्छ ?
ढिडो सिस्नो खानादेखि पिजा बर्गरसम्म उपलब्ध छ । बर्गर,पिजा,सेन्डविच छ । थकाली खाना छ । थुक्पा,चाउमिन,मम त हुने नै भयो । विभिन्न ब्राण्डका पेय पदार्थ उपलब्ध छ । वर्ड डे कार्यक्रम गर्नका लागि आकर्षक डिजाइनको कोठा छ । अर्डरअनुसार सेवा उपलब्ध हुन्छ ।
सजिसजावट दश्य
कफि आइटमको मूल्य कति ?
अमेरिकानो रु. १५०, क्याफेलाटो रु १८०, क्याफे मोका रु २००, क्यापाचिनो रु १९० पर्छ । यसैगरि आइस अमेरिकानो रु १५०,आइस लाटे रु २००, आइस मोका रु २५०, आइस कारमेल लाटे रु २५० र आइस भेनिला लाटे रु २५० मूल्य पर्छ । यसैगरि मोका फ्रापे रु ३००, स्ट्रबेरी फ्रापे रु ३०० र क्यारेमेल फ्रापे ३०० पर्छ । त्यसैगरि आइस चकलेट रु १८०, मिल्क सेक रु २०० (स्ट्रबेरी, चकलेट,क्यारमेल र भेनिला फ्लेवर) र पिच आइस टी रु १८० पर्छ ।
सजिसजावट दश्य
किन राखियो क्याफेको नाम ‘काब्रु’ ?
विश्वको तेश्रो हिमाल कंञ्चनजंघा (८,५८६ मी.) यहि पर्छ । ८ हजारमाथिका थुप्रै हिमाल छन् । हिमालै हिमालको जिल्ला भन्दा पनि फरक पर्दैन् । काब्रु (७,३५३ मी.)हिमाल पनि यहाँ पर्छ । गुरुङले भने,‘नाम त अरु पनि जुराउन सकिन्थ्यो । तर आफ्नै ठाउँको हिमालको नाम राख्न पाउँदा कम्तीमा हिमालकै गफगाफ हुन पाउँछ । जसले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा हिमालकै प्रचारमा सहयोग मिल्छ ।’ ट्रेक ८५८६ का संस्थापक÷सिइओ मनोज बस्नेतका अनुसार यहाँ कञ्चनजंघासहित साना ठूलागरि ४४ वटा भन्दा बढि हिमाल छन् । अधिकाँश हिमालबारे न त चर्चा छ । न त प्रचार प्रसार नै ।
ताप्लेजुङमा अवस्थित काब्रु हिमाल (७,३५३ मी.)
सम्पर्क
‘काब्रु क्याफे एण्ड रेस्टुरेन्ट’
फु.न.पा.–४,दोबाटो
फेसबुक https://www.facebook.com/search/top/?q=kabru%20cafe%20and%20restaurant
फोन ९७६७१७०८८८
लोगो
सजिसजावट दश्य
सजिसजावट दश्य
सजिसजावट दश्य
काब्रुबाट देखिने पाथीभरासहितको दृश्य