पुस्कृत शिक्षक तथा अतिथि
असार १६ गते । कन्चनजंघा हिमालका प्रथम आरोही वेलायती नागरिक जर्ज बेण्ड संस्थापक रहेको हिमालयन ट्रष्ट युकेको सहयोगमा फक्ताङलुङ र सिरिजंगा गाउपालिकाका बिद्याथी, शिक्षक, अभिभावक पुरस्कृत भएका छन् । बार्षिक परिक्षामा प्रथम भएका ४२ जना बिद्यार्थीले एक हजारका दरले पुरस्कार प्राप्त गरे भने उत्कृष्ट विद्यालयले ४५ हजार प्राप्त गरेका छन् । हिमालयन ट्रष्टसँगको समन्वयमा काम गरिरहेको संस्था ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले सिकाई उपलब्धी प्रवद्र्धन कार्यक्रम अन्तर्गत पुरस्कृत गरेको हो ।
कार्यक्रम सञ्चालन गर्नुुहुँदै रिड नेपालका प्रवन्धक राजेन्द्र पन्त
रिड नेपालको कार्यक्षेत्रका बिद्यालयका स्टार टिचर अवार्डबाट चार जना पुरस्कृत भएका छन् । सरस्वती मावि तापेथोकका मित्र दाहाल, सुनदेवी मावि इखाबुका लिला मावोहाङ, लुङथुङ आधारभूत बिद्यालयका मिङमा साङगे शेर्पा, शितला आधारभूत बिद्यालय खेवाङका सुमित्रा मग्रान्ती,उत्कृष्ट कार्य सम्पादन गर्ने बिद्यालय कर्मचारीतर्फ कञ्चनजंघा आधारभूत बिद्यालयका कविता लिम्बू पुरस्कृत भएकी छन् । स्रोत नेतृत्व समूहतर्फ सरस्वती च्यारिवुक मावि लेलेपका प्रधानाध्यापक मिङमाग्याञ्जे शेर्पा, रानी आधारभूत बिद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद खतिवडा र लक्ष्मी मावि मामाङ्खेका शिक्षक राजेन्द्र भट्टराई पुरस्कृत भए ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षक अभिभावक संघतर्फ सरस्वती आधारभूत बिद्यालयका दीपक लिम्बू र महेन्द्र आधारभूत बिद्यालय खेवाङका जिना राई पुरस्कृत भए । दीपक बिद्यालय व्यवस्थापन समिति अध्यक्ष र राई शिक्षक अभिभावक संघका अध्यक्ष हुन् । स्टार स्कुल अवार्डको पुरस्कारबाट लुङथुङ आधारभूत बिद्यालयका सोनाम शेर्पा पुरस्कृत भए । बेष्ट प्रफमिङ स्कुल सरस्वती माध्यमिक बिद्यालय तापेथोकका प्रधानाध्यापक चन्द्रमणि सुब्बा लिम्बू,रानी आधारभूत बिद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद खतिवडा पुरस्कृत भए । उनिहरुले पाच हजारका दरले पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रममा सहभागी शिक्षकहरु
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने बिद्यालयतर्फ सरस्वती माध्यमिक बिद्यालय तापेथोकका चन्द्रमणि सुब्बा लिम्बू पुरस्कृत भए । उनले ३० हजार रुपैंया पुरस्कार प्राप्त गरे । सरस्वतस् माध्यमिक बिद्यालय तापेथोक र रानी आधारभुत विद्यालय इखावु समान अंक सहित उत्कृष्ट विद्यालय बने । उनिहरुले ४५ हजारका दरले पुरस्कार प्राप्त गरेको रिड नेपालका प्रवन्धक राजेन्द्र पन्त वताउछन् । यी दुई विद्यालय अघिल्लो वर्षपनि उत्कृष्ट भएका थिएन । पुरस्कृत छनौटका लागि मापदण्ड रहेको र त्यही मापदण्डका आधारमा छनौट गरिने पन्त वताउछन् । अभिभावक, विद्यालयका प्रधानाध्यापक, गाउपालिका, शिक्षा समन्वय समिति र रिड नेपालले वार्षिक अनुगमनपछि अंक दिन्छन् । धेरै अंक प्राप्त गर्नेले पुरस्कार प्राप्त गर्छ । फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास) र शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई यसले शिक्षक, विद्यार्थी र अभिभावको उत्साह वढ्ने वताउछन् । काम गर्ने जागर र उत्साह वढ्छ साम्राले भने ।
रिड नेपालको कार्यक्षेत्रमा ३८ वटा बिद्यालय रहेका छन् । यो पुरस्कारकालागि बार्षिक तीन लाख रुपैंया खर्च हुने रिड नेपालका लेखापाल तेज उपाध्यायले जानकारी दिए । रिड नेपालले २०७० सालबाट यस्तो अवार्ड प्रदान गर्न थालेको हो । पन्तका अनुसार २०७७, २०७८ र २०७९ तीन वर्ष कोरोना संक्रमणका कारण पुरस्कार वितरण हुन सकेन । त्यसअघि र पछिका बर्ष निरन्तर चलिरहेको छ ।