setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङमा नेविसँघको ‘पहिलो रचनात्मक शुक्रबार’

जेठ १०, २०८२, शनिवार

जेठ १० गते । नेपाली काग्रेसको भ्रातृ संङ्गठन हो, नेपाल विद्यार्थी सँघ । नेविसँघलाई नेता कार्यकर्ता उत्पादन गर्ने कारखाना मानिन्छ । वि.सं. २०२७ सालमा स्थापना भएको हो । स्थापनाको ५५औं वर्षको यात्रामा छ, नेविसँघ । दल आबद्ध विद्यार्थी सँघ संङ्गठन भन्ने वित्तिकै आन्दोलन गर्ने समूह हो भन्ने कतिपयको बुझाई छ । २००७ सालदेखि २०६२÷६३ को जनआन्दोलनसम्मको अवधिमा हुने आन्दोलनको स्वरुप अध्यन गरे पुग्छ । यो अवधिमा अरु विद्यार्थी संङ्गठनजस्तै नेविसँघले खेलेको भूमिका गर्वगर्न लायक छ । सडकमा टायर बाल्नु,प्रदर्शन गर्नु,कार्यालय तोडफोड गर्नु र बन्द आव्हान गर्नु ऊ बेला नेविसँघको रहर थिएन, त्यो बेलाको बाध्यता थियो । त्यो परिस्थिति बुझेकाले भन्ने गर्छन्,–‘आन्दोलन गर्नु विद्यार्थीको रहर थिएन् । बाध्यता थियो । त्यही आन्दोलनले प्रजातन्त्र स्थापना गर्न बल पुगेको साँचो हो । नर्विसौ ।’

तर समय बदलिएको छ । समयसँगै विद्यार्थी संघ सङ्ठनको शैली बदल्नुपर्छ । विद्यार्थीको हकहितमा बोल्नुपर्छ । सभ्य र संस्कारी हुन पनि उत्तिकै जरुरी छ । एक शब्दमा भनौ,–‘नेविसँघ, विद्यार्थीको ढाडस बन्नुपर्छ ।’ हो,त्यही भएर ताप्लेजुङमा नेविसँघले नयाँ अभियान सुरु गरेको छ । नाम हो,–‘पहिलो रचनात्मक शुक्रबार ।’ श्री यूवा वर्ष माध्यमिक विद्यालयबाट कार्यक्रम सुरु गरेको छ । विद्यालय फुङलिङ नगरपालिका–७ मा पर्छ । नेविसँघ अध्यक्ष हुन्, लोकेश लङ्वा । उनको नेतृत्वलाई काँध हालेर सहयोग गर्ने तीनै नेविसँघका पदाधिकारी र विद्यार्थी छन् । अध्यक्ष लङ्वा नेतृत्वको टोलीले जिम्मेवारी बाडफाँड गरेको छ । जिम्मेवारी पाएको टोलीले हरेक शुक्रबार कुनै न कुनै विद्यालयमा पुगेर कार्यक्रम गर्नेछ । ‘पहिलो रचनात्मक शुक्रबार’ कार्यक्रममा विद्यार्थीको सिकाईलाई टेवा पुर्याउन कार्यक्रम गरिनेछ । जस्तैः–खेलकुद,हाजिरीजवाफ र मनोरञ्जनात्मक आदि...। अध्यक्ष लङ्वाले भने,‘विद्यालयमा पनि शुक्रबार अतिरिक्त क्रियाकलाप हुन्छ नै । हामी पनि जोडिएर कार्यक्रम प्रभावकारी बनाउनु उदेश्य हो ।’

विद्यालयमा कार्यक्रम मात्र हुन्छ । न त राजनीतिक भाषण हुन्छ, न त प्रशिक्षण नै । विद्यार्थीको चौतर्फी विकासमा अतिरिक्त क्रियाकलाप जरुरी छ । अझ विद्यार्थी सँघ संगठनले सहयोग गर्नु सुनमा सुगन्ध थपिनु हो । कार्यक्रमको अध्यक्षतता गरेका नेविसँघ इकाई उपाध्यक्ष निशान विष्टले भने,‘आवश्यक तयारी गर्न विद्यालयलाई सघाउँछौ । पुरस्कार आफै जोहो गर्छौ ।’ नेविसँघ जिल्ला उपाध्यक्ष तथा हाजिरी जवाफ कार्यक्रम जिल्ला संयोजक अर्जुन खिम्दिङका अनुसार अब तालिका नै बनाएर विद्यालयमा कार्यक्रम हुन्छ । पाथीभरा वहुमूखी क्याम्पसका निर्वतमान स्ववियू सभापति खिम्दिङले कार्यक्रमले विद्यार्थीको सिकाई उपलब्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । पहिलो कार्यक्रम भएकाले जिल्ला सचिव रन्जित ताङजम,स्ववियू सभापति तिल प्रसाद जोगी,सहसचिव सुमिर प्रसाई लगायतको टोली फिल्डमा खटिएका थिए ।

फुङलिङ नगरपालिका–७ वडासदस्य अभय प्रसाद लिम्बुले भने,‘नेविसँघले विद्यार्थीको हकहित जति बोल्छ । व्यवहारमा काम पनि गर्छ ।’ तरुण दल ताप्लेजुङका कार्यवहाक अध्यक्ष पृथ्वीमान पालुङवाले पुरस्कार उपलब्ध गराएका हुन् । पालुङवाले भने,‘पुरस्कार सौजन्य गर्न पाउँदा खूसी छु । किनकी मेरो लागि यो अवसर पनि हो ।’ विद्यालयमा भएको हाजिरीजवाफमा ४ वटा समूहले प्रतिस्पर्धा गरे । जम्मा ४८ वटा प्रश्न सोधिएको थियो । खिम्दिङले भने,‘प्रश्नले सबै क्षेत्र समेटेको थियो । विद्यार्थी जीवनमा मात्र होइन, अरु बेला पनि काम लाग्नेगरिको जानकारीमुलक ।’

प्रतियोगीतामा समूह ‘डी’ का इसमन लिम्बु,सुजन लिम्बु र अन्जना लिम्बु प्रथम भए । समूह ‘सी’ दोश्रो बन्यो । समूह ‘सी’ मा सपना गुरुङ,दिपेश लिम्बु र करुण विष्ट थिए । समूह ‘बी’ का पेम्बाछेतेन शेर्पा,श्याम कार्की र मनिराज विकले तेश्रो स्थान हाँसिल गरे । चौथौ स्थान समूह ‘ए’ ले हाँसिल गर्यो । उक्त समूहमा विरु विक,श्याम लिम्बु र सन्देश भुसालको सहभागीता थियो । कार्यक्रमले विद्यार्थीमा शैक्षिक उत्साह थपिने छ । विद्यालय प्रअ चन्द्रमणि पौडेलले भने,‘विद्यार्थीको हकहित र कार्यक्रम गर्नेलाई स्वागत छ । किनकी विद्यार्थीको चौतर्फी विकासमा सहयोग गर्न पाउनु सबैको अधिकार हो ।’