setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङमा किशोरीलाई माघ २८ देखि फागुन १ गतेसम्म एचपीभी खोप

माघ २६, २०८२, सोमवार
एचपीभी खोप सूचना

एचपीभी खोप सूचना

माघ २६ गते । जिल्लामा माघ २८ गतेदेखि फागुन १ गतेसम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । करिब १ हजार ३ सय ४२ जना किशोरीलाई खोप लगाउने तयारी छ । जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत दिनेश रायका अनुसार १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई खोप लगाइनेछ । खोप कार्यक्रमका लागि २ सय ३ जना स्वास्थ्यकर्मी, दुई सय सात जना स्यंमसेविका परिचालन हुने भएको छ । सुपरीवेक्षणका लागि ७६ जना जनशक्ति परिचालन हुने खोप अधिकृत रायले जानकारी दिए ।

पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप हो एचपीभी (हृयुमन प्यापुलोना भाइरस) । अनलाइन खबरमा प्रकाशित खबरमा पाठेघरको मुखको क्यान्सर हुनमा ९० प्रतिशत भूमिका एचपीभीको हुने भक्तपुर क्यान्सर अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा.श्रृष्टि प्रजापतिले बताएकी छिन्। त्यसैले त्यसको विरुद्घ खोप शुरु भएको हो । डा. प्रजापतिको अनुसार ४१ भन्दा बढी विकसित देशहरुमा खोप तालिकामा नै समावेश गरेर राखिएको छ । जसको कारण पाठेघरको मुखको क्यान्सरबाट पीडितको संख्या दिन प्रतिदिन घटिरहेको छ ।