जिल्ला अदालत ताप्लेजुङ
चैत २३ गते । जिल्ला अदालत ताप्लेजुङले आठराई त्रिवेणी गाउँपालिका-३ का एक युवकलाई १८ वर्षको कैद सजाय गरेको छ । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २०८१ माघ २ गते दर्ता भएको मुद्दामा यस्तो फैसला सुनाइएको हो ।
जिल्ला न्यायाधीश विकास श्रेष्ठको इजलासले सकुन भनिने सन्तकुमार आङ्बुहाङलाई कैद सजायसँगै ७ लाख रुपैयाँ जरिवाना हुने फैसला पनि सुनाएको निमित्त स्रेस्तेदार रमेश तामाङले जानकारी दिए । मुलुकी फौजदारी संहिता २०७४ मा भएको व्यवस्थाबमोजिम कैद सजाय र सोही संहितामा भएको व्यवस्थाअनुसार जरिवानाको फैसला गरेको तामाङले बताए ।