setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङमा हत्या अभियोगमा युवक पक्राउ

फागुन ६, २०८१, मङ्गलवार

फाल्गुन ६ गते । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । फक्ताङलुङ गाउँपालिका-४ इखावुका सुवास लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले बताए ।

खुपातालमा रहेको छत्रबहादुर लिम्बूको सुद्धाइँ कार्यमा ५६ वर्षीय बृखबहादुर लिम्बूलाई मुक्काले प्रहार गरेको र संवेदनशील अंगमा लागेर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। त्यही पीडाले उनको मृत्यु भएको सूचनाका आधारमा पक्राउ गरी कारबाही प्रक्रिया बढाइएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । डीएसपी रावलका अनुसार शवको पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ भने जिल्ला अदालतबाट म्याद थपी सुवासमाथि अनुसन्धान थालिएको छ । उनलाई फौजदारी कार्यविधिअनुसार ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।