चैत ७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईईमा ताप्लेजुङका २ हजार २ सय ७२ परीक्षार्थी सहभागी छन्। साधारणतर्फ १,४१५ नियमित र ७१० ग्रेडवृद्धि विद्यार्थी छन्। प्राविधिक धारतर्फ १२२ नियमित र २५ ग्रेडवृद्धि विद्यार्थी सहभागी छन्। एक जना परीक्षार्थी कारागारमा छन् । प्रहरी नायब उपरिक्षक रवि रावलका अनुसार कारागारभित्रका परीक्षार्थीले समयमै परीक्षामा सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका अनुसार १७ वटा परिक्षा केन्द्र छन् ।
यीमध्ये दुई केन्द्रमा महिला केन्द्राध्यक्ष नियुक्त भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख युगमणि सवेहाङका अनुसार थेचम्बु माध्यमिक विद्यालय परीक्षा केन्द्रमा मनसुन लावती र सरस्वती माध्यमिक विद्यालय हाङपाङमा प्रमिला भण्डारी बस्नेत केन्द्राध्यक्ष छन्।
बासुसं मावि मेदिबुङमा युवराज बस्नेत, भानुजन माविमा किशोरकुमार राई, सिँवा मावि लिङ्खिममा ओमनाथ गौतम, युवावर्ष मावि कैंजलेमा चन्द्रमणि पौडेल, सिद्धकाली मावि दोखुमा अमरकुमार राई, जनता मावि हाङदेवामा रामबहादुर गुरुङ र मोति मावि खोक्लिङमा केबुहाङ लिम्बू केन्द्राध्यक्ष छन्।
त्यस्तै, त्रिभुवन मावि थुकिमामा कमल चेम्जोङ, सिनाम माविमा तुलसीराम पोखरेल, तेल्लोक माविमा रुकमान थेवे, गणेश मावि खेवाङमा रामकुमार लिम्बू, भञ्ज्याङ मावि लिम्बुदिनमा राजेन्द्र इदिङ्गो लिम्बू, मैवाखोला मावि तेम्बेमा भक्तबहादुर लिम्बू, दुर्गा मावि फुलबारीमा कुलप्रसाद भट्टराई र सरस्वती मावि तापेथोकमा चन्द्रमणि केदेम लिम्बू केन्द्राध्यक्ष तोकिएका छन्। केन्द्रअध्यक्ष,निरीक्षक र सुरक्षाकर्मीसहित ४ सय बढि जनशक्ति परिचालन भएको छ ।