एमाले उम्मेदवार क्षितिज थेबे
फागुन ५ गते । प्रतिनिधिसभा चुनावको मिति नजिकिएसँगै ताप्लेजुङमा नेकपा एमालेले नगर÷गाउँपालिका स्तरीय चुनावीसभा सोमबारदेखि सुरु गरेको छ । एमालेले सोमबार सिदिङवा गाउँपालिकास्थित साब्लाखु भन्ज्याङमा वृहत चुनावी आमसभा कार्यक्रम गरेको थियो । एमालेका प्रत्यक्षतर्फका उम्मेद्वार क्षितिज थेबेसहित तिल कुमार मेन्याङ्वो,केशर कुमार मेन्याङबो,टंक आङवुहाङ र जिल्ला कार्यवहाक अध्यक्ष दीपेन पोमू लगायतले चुनावी आमसभालाई संम्बोधन गरे ।
एमाले (ताप्लेजुङ) कार्यवहाक अध्यक्ष दीपेन पोमू चुनावी आमसभा संम्बोधन गर्दै ।
प्रत्यक्षतर्फका उम्मेदवार थेबेले भने,‘सिदिङवा र जिल्लाको विकासमा पूर्ण रुपमा प्रतिबद्ध छु । आशा छ, जिताएर पठाउनुहुनेछ ।’ थेबेका अनुसार चुनावी कार्यक्रम मंगलबार तेल्लोकमा छ । थेबेले भने,‘कार्यक्रम करिब २ बजेदेखि सुरु हुन्छ । कार्यक्रम सकेलगत्तै सम्भव भएसम्म मतदातासँग भेटघाट गर्छौ ।’
एमाले नेता तिल कुमार मेन्याङबो
एमाले नेता केशर कुमार मेन्याङबो
एमाले नेता टंक आङवुहाङ
क्षितिज संविधानसभा सदस्य भुपेन्द्र थेबे र निवर्तमान प्रतिनिधिसभा सदस्य उर्मीला थेबेका छोरा हुन् । क्षितिज नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य र यूवा सँघका केन्द्रिय अध्यक्ष (दोश्रो कार्यकाल) पनि हुन् । ३८ वर्षीय थेबे एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीका विश्वास पात्र पनि हुन् । पार्टी उपमहासचिव योगेश कुमार भट्टराईले ताप्लेजुङमा यसअघिको दुई पटकको चुनाव जितेका थिए । भट्टराईले २०७४ को चुनावमा सहज जिते पनि २०७९ को चुनावमा झिनो मतले जितेका थिए । ताप्लेजुङमा १३ दलका उम्मेद्वार चुनावी मैदानमा छन् ।
सिदिङवा गाउँपालिकामा आयोजित चुनाव आमसभामा सहभागी मतदाताहरु ।