setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङमा एमाले भित्रको आन्तरिक कलहः बक्सिङ हानाहानपछि एकअर्का विरुद्ध प्रहरीमा उजुरी

मंसिर ८, २०८२, सोमवार
नेकपा एमाले पाटी कार्यालयमा आयोजित बैठक । फाइल तस्बिर

नेकपा एमाले पाटी कार्यालयमा आयोजित बैठक । फाइल तस्बिर

मंसिर ८ गते । आइतबार पौने १२ बजेतिर । पत्रकारलाई फोन आयो । ती व्यक्तिले भने,‘पार्टी कार्यालयभित्र कुटाकुट चल्दैछ । अहिलेलाई यति ।’ निर्वाचन कार्यालय तालिका नै फरक पर्नेगरिको बन्यो । लगत्तै राज कुमार चुडाल र मणिशङकर पोमू उजुरी लिएर प्रहरी कार्यालय पुगे । दुवै जना छुट्टाछुट्टै प्रहरी कार्यालय पुगे । चुडाल र मणिशङकरबिच एक अर्काविरुद्ध उजुरी परेको छ । दुवै जनाले एकअर्का विरुद्ध उजुरी गरेको पुष्टि गरेका छन् । ११औं महाधिवेशन प्रतिनिधि छनौट निर्वाचन समिति संयोजक हुन््,–चुडाल । उनी प्रदेश कमिटी सदस्य पनि हुन् । एमाले बैठकले चुडालकै संयोजकत्वमा निर्वाचन समिति चयन गरेको थियो । पोमू महाधिवेशन प्रतिनिधिका उम्मेदवार हुन् । एमाले पाटीका पूर्व उपसचिव पनि हुन् । गत अधिवेशनमा सचिव पदमा सन्तोष चाम्लिङसँग पराजित भए । पाटी संगठनमा राम्रो पकड भएको र नेतृत्वदायी भूमिका निर्वाह गरेवापत महिाधिवेशन प्रतिनिनिधिलाई आफू योग्य भएको उक्त समूहको तर्क छ । तर पोमूसहित जिल्लाका पूर्व पार्टी अध्यक्ष बल वहादुर साम्सोहाङको उम्मेदवारी विरुद्ध उजुरी पर्यो । त्यही उजुरी बारे सोधपुछ गर्न साम्सोहाङ र पोमूसहितको टोली पार्टी कार्यालय पुगेको थियो । निर्वाचन संयोजक चुडालसँग केहीवेर छलफल चल्यो । यद्यपी कति समय सम्म र के–के विषयमा छलफल केन्द्रित थियो भनेर प्रत्यक्षदर्शीले पुष्टि गर्न चाहेनन् । दुवैले एक अर्का विरुद्ध बक्सिङ प्रहार गरे । बक्सिङ प्रहार लगत्तै माहोल विथोलियो । अग्रिम तय गरिएको दिउँसो १ बजे बस्ने बैठकको समय नजिकिदै थियो । त्यही भएर दुवै पक्षले आ–आफ्नो बाटो तय गरे ।

नेकपा एमालेद्धारा आयोजित कार्तिक २९ गतेको जागरणसभा । फाइल तस्बिर

नेकपा एमालेद्धारा आयोजित कार्तिक २९ गतेको जागरणसभा । फाइल तस्बिर

पोमू र साम्सोहाङ विरुद्ध घनेन्द्र मादेन,सन्तोष चाम्लिङ र मंगलसिंह केदेमले उजुरी गरेका हुन् । पोमूले सामाजिक सञ्जालमा लेखेका छन्,–‘चैते अवसरवादीको पाटीमा लगानी छैन् । रगत र पसिना हामीले बगाएको छौ । पार्टीको लागि मर्न तयार छौ ।’ साम्सोहाङले मंगलसिंह केदेमसहित उजुरी गर्नेसँग चित्त दुखाएका छन् । पार्टी कारवाहीमा परेकाले साम्सोहाङ र पोमू महाधिवेशन प्रतिनिधि योग्य नभएको संस्थापन पक्षको जिकिर छ । तर साम्सोहाङ पाटीको विधान महाधिवेशनमा समेत सहभागी भएकाले अब उजुरी गर्न ठीक नहुने मत बलियो छ । तथापी उजुरी पश्चात मसिनोगरि छलफल गरे टुंगो लगाउनुको सट्टा एक्कासी बक्सिङ हानहान र उजुरी गर्ने वातावरण सृजना हुनुमा पार्टीभित्र झाँगिदै गएको आन्तरिक कलहको परिणाम हो । गत कार्तिक २९ गते आयोजित जागरणसभाले एमाले एकजुट छ भन्ने सन्देश समेत आइतबारको घटनाले गलत भएको आभास गराएको छ । पार्टी कार्यालयमा सोमवार विहान ८ बजे बैठक बस्ने तय भएको छ । जिल्ला इन्चार्ज तिल कुमार मेन्याङबोसहित प्रदेश कमिटी सदस्य,उपलब्ध पूर्व नेतृत्व र पदाधिकारीबिच छलफल हुने भएको छ । प्रदेश कमिटी सदस्य मात्रिका प्रसाद भट्टराईले भने,‘बैठक आव्हान भएको छ । के–के विषयमा छलफल हुन्छ । एजेण्डा थाहा छैन् ।’ १२ जना महाधिवेशन प्रतिनिधिका लागि ३९ जनाको उम्मेदवारी परेको छ ।