बुवा कुल बहादुर मादेन र आमा कर्ण माया मादेनका छोरा दुर्गा प्रसाद मादेनले प्रमूख अतिथिको आथिथ्यता ग्रहण गर्दै विहिबार (मंसिर १८ गते) फुटसल उद्घाटन पश्चात खेलाडीसँग तस्बिर खिच्दै ।
मंसिर २० गते । जिल्लाको फुङलिङ नगरपालिका–४ स्थित मादेनडाँडामा कुलकर्ण फुटसल सञ्चालनमा आएको छ । बुवा कुल बहादुर मादेन र आमा कर्ण माया मादेनका छोरा दुर्गा प्रसाद मादेनले प्रमूख अतिथिको आथिथ्यता ग्रहण गर्दै विहिबार (मंसिर १८ गते) फुटसल उद्घाटन गरेसँगै संञ्चालनमा आएको हो । कुलकर्णका नाती टीका मादेन,जगत मादेन र पनाती नयन मादेनले फुटसलसँगै भविष्यमा क्याफे तथा रेष्टुरेन्ट समेत सञ्चालन गर्ने जानकारी गराएका छन् । फुटसलमा हालसम्म १ करोड ५० लाख रुपैयाँ लगानी भएको छ ।
रिवन काटेर फुटसल उद्घाटन गर्दै प्रमूख अतिथि दुर्गा प्रसाद मादेन ।
प्रोपाईटर जगत र नयन मादेनले भने,‘स्वास्थ्य हुन खेल जरुरी छ । त्यही भएर फुटसलमा लगानी गरेका हौ ।’ प्रमूख अतिथि दुर्गा प्रसाद मादेनले भने,‘छोरा र नातीले स्वदेशमै केही गर्ने अठोटलाई समर्थन गरे । आशा छ, व्यवसायिक रुपमा सफलता मिल्नेछ ।’ फुटसल सञ्चालनसँगै भविष्यमा खुल्ने क्याफे तथा रेष्टुरेन्टमा रोजगारीको अवसर सिर्जना हुनेमा शंका छैन् । फुटसल बाहिर पुर्खाको सम्मानमा सालिक समेत निर्माण गर्ने तयारी गरेका छन् ।
पुर्खाहरु कुल बहादुर मादेन र कर्ण माया मादेनको सम्झनामा सम्मानसहित राखिएको तस्बिर ।
जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र कुमार मावोले (गणेश) भने,‘खेल पूर्वाधार बन्नु हाम्रो विकास हो । व्यवसायिक रुपमा सफल बनाउन सहयोग गर्नु हाम्रो दायित्व हो ।’ एन्फा अध्यक्ष अशोक चेम्जोङका अनुसार सबै खेलका संरचना बन्न आवश्यक रहेको बताए । स्थानिय तहले लगानीकर्तालाई समन्वय र सहयोग गर्नुपर्नेमा अध्यक्ष चेम्जोङले जोड दिए । लाखेजात्रा संञ्चालन समिति अध्यक्ष सागर मादेनले भने,‘नाफा घाटा जोखिम संञ्चालकसँग हुन्छ । कम्तीमा हामीले पनि व्यवसायिक बनाउन सहयोग गर्न जरुरी पर्छ ।’ फुङलिङ नगरपालिका–४ वडाअध्यक्ष दुर्गा पालुङवाले फुटसल प्रतियोगीता गर्नका लागि आफूले प्रयत्न गर्ने बचन दिए । वडाअध्यक्ष पालुङ्वाले भने,‘लगानीकर्ता र सबै खेलको विकासमा स्थानिय सरकारको सहयोग हुन्छ । भविष्यमा हामी केही न केही गर्ने तयारी गर्छौ ।’
जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र कुमार मावोले (गणेश) बल अगाडी बढाउँदै ।
फुटसल फाइभ साइजको हो । फुटसलको लम्बाई ३० मिटर चौडाई १८ मिटरको छ । उचाई २९ फिटको छ । प्रत्येक दिन विहान ५ बजेदेखि बेलुकी १० बजेसम्म फुटसल खुल्ला हुनेछ । इन्टी शुल्क विहान ५ बजेदेखि ९ बजेसम्म १ हजार पाँच सय पर्छ । विहान १० देखि साँझ ५ बजेसम्म १ हजार तीन सय पर्छ । साँझ ६ बजेदेखि १० बजेसम्म १ हजार पाँच सय पर्छ । प्रत्येक खेलमा १ घण्टा समय उपलब्ध छ । महिनावारि खेल्नेलाई विशेष छुट छ । तत्कालका लागि फुटसल सुज नभएकालाई संञ्चालकले उपलब्ध गराउनेछ ।
लाखेजात्रा संञ्चालन समिति अध्यक्ष सागर मादेन बलमा संघर्ष गर्दै ।
खेलाडीहरु तस्बिर खिचाउँदै ।
फुङलिङ नगरपालिका–४ वडाअध्यक्ष दुर्गा पालुङवा बल नियन्त्रण गर्दै ।
एन्फा ताप्लेजुङ अध्यक्ष अशोक चेम्जोङ खेलाडीसँग तस्बिर खिचाउँदै ।
कुलकर्ण फुटसल
फुङलिङ नगरपालिका–४ मादेनडाँडा
प्रोपाईटर टीका मादेन,जगत मादेन । फोन ९८१२३२८७५४
नयन मादेन ९८१४०००७५६