setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङमा चासोक तङ्नाम पर्वमा पालिकास्तरीय महिला फुटबल

कार्तिक २२, २०८२, शनिवार
ताप्लेजुङमा चासोक तङ्नाम पर्वमा पालिकास्तरीय महिला फुटबल सम्बन्धि शुक्रबार आयोजित पत्रकार सम्मेलन

ताप्लेजुङमा चासोक तङ्नाम पर्वमा पालिकास्तरीय महिला फुटबल सम्बन्धि शुक्रबार आयोजित पत्रकार सम्मेलन

कार्तिक २२ गते । जिल्लास्थित श्री भानु जन माविको मैदानमा मंसिर १३ गतेदेखि २० गतेसम्म महिला फुटबल प्रतियोगीता आयोजना हुने भएको छ । चासोक तङ्नाम पर्वको अवसरमा पालिकास्तरीय महिला फुटबल सञ्चालन हुने भएको हो । प्रथम पुरस्कार २ लाख २ हजार ८२ रुपैयाँ र दोश्रो पुरस्कार १ लाख २ हजार ८२ रुपैयाँ राखिएको संयोजक चन्द्र थेबेले जानकारी दिए । प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित खेलाडीलाई ५ हजार प्रदान गरिने सयोजक थेबेले बताए । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार पुरस्कार प्रदान गरिने भएको छ ।

संयोजक थेबेले भने,‘माग भएर पनि महिला फुटबल हुन सकेको थिएन् । त्यही भएर यो पटक पुरुष फुटबलको सट्टा महिला फुटबल गर्ने निधो गर्यौ ।’ जिल्ला खेलकुद विकास समिति कार्यालयका प्रमूख यज्ञनिधि पौडेलले महिला फुटबल समावेश गरेकोमा खुसी व्यक्त गरे । कार्यालय प्रमूख पौडेलले भने,‘सवै विधाको खेल फरक फरक ठाउँमा खूसीको कुरा हो । निरन्तरता दिनु सुनमा सुगन्ध थपिनुझै हो ।’ गतवर्ष आयोजित पुरुष फुटबलमा आम्दानीभन्दा खर्च बढि भएको कोषअध्यक्ष कुलदिप मादेनले बताए । ३८ लाख ७९ हजार खर्च र ३२ लाख ९० हजार आम्दानी भएको थियो । कोषअध्यक्ष मादेनले थपे,‘संस्कार र संस्कृति जोगाउन आयोजित खेलकुद नाफा घाटामा मात्र केन्द्रित हुुनु हुँदैन् । निन्तरता ठूलो कुरा हो ।’ प्रतियोगीतासँगै सांस्कृतिक कार्यक्रम पनि समावेश गरिने भएको छ । कंञ्चनजंघा फुङलिङ क्लब र ङा वोरक सङ्जम्बोको आयोजनामा प्रतियोगीता आयोजना गर्न लागिएको हो ।