setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङमा अन्तरजातिय विवाह गरेका ३५ जोडीलाई सम्मान

जेठ २१, २०८२, बुधवार
सम्मान पत्र प्रदान गर्दै फुङलिङ नगरपालिका उपप्रमूख भीमादेवी ओझा

सम्मान पत्र प्रदान गर्दै फुङलिङ नगरपालिका उपप्रमूख भीमादेवी ओझा

जेठ २१ गते । जिल्ला सदरमुकाममा अन्तरजातिय दलित गैरदलित बिच विवाह गरेका ३५ जोडीलाई सम्मान गरेको छ । १९औं जातिय छुवाछुत तथा भेदभाव उन्मुलन दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा सम्मान गरेको हो । दलित एकता मञ्चले आयोजना गरेको कार्यक्रममा अधिकाँश जोडी सम्मान पत्र बुझ्न आएका थिए । दलित एकता मञ्चका अध्यक्ष अम्बर वहादुर विश्वकर्माका अनुसार काम विशेषले कार्यक्रममा आउन नपाएकाको सम्मान पत्र कार्यालयमै सुरक्षित राख्ने र पछि उपलब्ध गराउने भएको छ ।

सम्मान पत्र प्रदान गर्दै नेपाली काग्रेस सभापति गजेन्द्र प्रसाद तुम्याङ

सम्मान पत्र प्रदान गर्दै नेपाली काग्रेस सभापति गजेन्द्र प्रसाद तुम्याङ

अध्यक्ष विश्वकर्माले भने,‘काम व्यस्तताले आउनु भ्याउनुभएन । तथापी संम्पर्कमा छन् । कार्यालयबाटै उपलब्ध गराउछौ ।’ अन्तरजातिय विवाह गर्ने थुप्रै जोडी छन् । तर सबै जोडीलाई क्रमश सम्मान गर्ने मंञ्चको योजना छ । अन्तरजातिय विवाह सामाजिक कुसंस्कार अन्त्य गर्ने अभियान हो । दलित अगुवा तथा अधिकारकर्मी नीता सिवाले भनिन्,‘मानिसमा चेतना बढ्दै छ । विगतमा बाटोमा अरु हिड्दै गरेको देखि बाटोबाट साइट लाग्नुपर्थ्यो । तर आज विवाह गर्ने चलन समेत सुरु भएको छ ।’

सम्मान पत्र प्रदान गर्दै रास्वपाका लीलाराज पौडेल

सम्मान पत्र प्रदान गर्दै रास्वपाका लीलाराज पौडेल

कार्यक्रममा सहभागी नेपाली काग्रेस सभापति गजेन्द्र प्रसाद तुम्याङले सम्मान कार्यक्रम रचनात्मक भएको बताए । सभापति तुम्याङले भने,‘जातिय भेदभाव र छुवाछुत अन्त्य गर्नु साझा दायित्व हो । रचनात्मक कार्यक्रम गरेर परिवर्तन ल्याउन सम्भव हुन्छ ।’ फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले जातकै आधारमा विभेद गर्नु अपराध भएको बताए । फुङलिङ नगरपालिका उपप्रमूख भिमादेवी ओझाले जातिय विभेद अन्त्य गर्न सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए ।

सम्मान पत्र प्रदान गर्दै एकिकृत समाजवादी पाटी अध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङ

नेपालले कानुन बनाएरै जातीय विभेद र छुवाछुतलाई दण्डनीय हुने व्यवस्था गरेको छ भने २०६३ सालमा पुनस्स्थापित संसद्‌ले जातीय भेदभावमुक्त राष्ट्र घोषणा समेत गरेको थियो। वर्तमान संविधानले समेत जातका आधारमा हुने भेदभावलाई दण्डनीय हुने प्रावधान छ। तर व्यवहारमा भने राज्यका निकायको जिम्मेवार पदमा रहेकै व्यक्तिहरूको संरक्षणमा दलित समुदायमाथि भेदभाव, अन्याय र अत्याचारका घटना भइरहेका छन्।

सम्मान पत्र प्रदान गर्दै फुङलिङ नगरपालिका १ वडाअध्यक्ष रुद्र मादेन

सम्मान पत्र प्रदान गर्दै फुङलिङ नगरपालिका १ वडाअध्यक्ष रुद्र मादेन

नेपालको संविधान ०७२ ले छुवाछुत विरुद्धको हक र दलितको हक गरी दुई वटा मौलिक हकको व्यवस्था गरे पनि व्यवहारमा भने न ती मौलिक हकहरूको कार्यान्वयन भएको छ, न त ती सम्बन्धित कानुनहरू नै बनेका छन् ।कार्यक्रममा विभिन्न राजनीतिक दल,सुरक्षा निकाय,सँघ संस्था र सर्वसाधारणको उपस्थिति थियो ।

सम्मान पत्र प्रदान गर्दै नेकपा माओवादी केन्द्र जिल्ला संयोजक विष्णु हाङवाङ

सम्मान पत्र प्रदान गर्दै नेकपा माओवादी केन्द्र जिल्ला संयोजक विष्णु हाङवाङ

सम्मान पत्र प्रदान गर्दै नेकपा एमाले पाटी सचिव सन्तोष चाम्लिङ 

सम्मान पत्र प्रदान गर्दै नेकपा एमाले पाटी सचिव सन्तोष चाम्लिङ 

सम्मान पत्र प्रदान गर्दै फुङलिङ नगरपालिका २ वडाअध्यक्ष मोहन न्यौपाने

सम्मान पत्र प्रदान गर्दै फुङलिङ नगरपालिका २ वडाअध्यक्ष मोहन न्यौपाने

सम्मान पत्र प्रदान गर्दै फुङलिङ नगरपालिका ६ वडाअध्यक्ष तेज गुरुङ (मदन)

सम्मान पत्र प्रदान गर्दै फुङलिङ नगरपालिका ६ वडाअध्यक्ष तेज गुरुङ (मदन)