setoveda logo
२१ जेठ २०८३, बिहिवार

ताप्लेजुङमा आयोजित पालिकास्तरीय महिला फुटबलको खेल तालिका सार्वजनिक

मंसिर ८, २०८२, सोमवार
पालिकास्तरीय महिला फुटबल प्रतियोगीताको खेल तालिका

पालिकास्तरीय महिला फुटबल प्रतियोगीताको खेल तालिका

मंसिर ८ गते । जिल्लाको फुङलिङ नगरपालिकामा मंसिर १३ गतेदेखि २० गतेसम्म पालिकास्तरीय ‘कंञ्चनजंघा सेसेलुङ महिला गोल्डकप’ फुटबल प्रतियोगीताको खेल तालिका आइतबार सार्वजनिक गरिएको छ । प्रतियोगीतामा ८ टिमको सहभागीता हुने छ । मिक्वाखोला गाउँपालिका प्रतियोगीतामा सहभागी छैन् । खेल दिउँसो साढे १ बजेदेखि गर्ने आयोजकले निर्णय गरेको छ । मंसिर १९ गते भने सांस्कृतिक कार्यक्रम समावेश गरिएको खेल संयोजक चन्द्र थेबेले जानकारी दिए । संयोजक थेबेले भने,‘विगत वर्षमा पुरुष फुटबल गर्थ्यौ । तर यो वर्षदेखि महिला फुटबल समावेश गरेका हौ ।’ महिला फुटबल प्रतियोगीताको माग उच्च भएकाले आयोजक कंञ्चनजंघा यूवा क्लब र ङा वोरक सङ्जम्बोले महिला फुटबल प्रतियोगीता गर्ने निर्णय गरेको हो । आयोजकका अनुसार आगामी वर्षदेखि खेलको स्तर बढाउँदै लैजाने तयारी छ ।

श्री भानु जन माध्यमिक विद्यालयको खेल मैदान

श्री भानु जन माध्यमिक विद्यालयको खेल मैदान

चासोक तङ्नाम पर्वको अवसरमा आयोजित प्रतियोगीता आर्थिक सहयोग गर्ने क्रम समेत सुरु भएको छ । आयोजकले ‘चासोक तङनाम सञ्चालन समिति २०८२ फेसबुक पेज’बाट सहयोगदाता र प्रतियोगीता तयारीबारे जानकारीमुलक सन्देश प्रकाशन गर्ने गरेको छ । प्रतियोगीताको प्रत्यक्ष प्रसारण गोल नेपाल डट कमबाट हुनेछ ।