setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङको तेम्बामा ४ घरसहित ८ तोला सुन र २५ मन अलैची जल्यो

मंसिर ३, २०८२, बुधवार
तेम्बामा आगलागी भएको मोटरसाईकल । तस्बिरः जिल्ला प्रहरी कार्यालय,ताप्लेजुङ

तेम्बामा आगलागी भएको मोटरसाईकल । तस्बिरः जिल्ला प्रहरी कार्यालय,ताप्लेजुङ

मंसिर ३ गते । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवास्थित तेम्बामा मंगलबार राती ४ घर जल्दा लाखौ मूल्यको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार ४ घरसहित ८ तोला सुन र २५ मन अलैची जलेर नष्ट भएको छ । राजकुमार लिम्बु, इन्द्र कुमार लिम्बु, अनिल लिम्बु र विष्णुप्रसाद लिम्बुको घर जलेको हो । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरिक्षक जटाशङकर यादवका अनुसार राती नै घटनास्थल पुगेका प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । स्थानिय गजेन्द्र थलङले भने,‘राजकुमार साँवाको घर अगाडी मोटरसाईकल थियो । अचानक मोटरसाइकलमा आगलागी भयो । मोटरसाइकलाई सडक नालीतिर राख्न खोज्दा घरतिर पस्यो । घरभित्रको सिलिन्डरग्यासले आगो टिप्यो । र घर जल्न थाल्यो । केहीगरि नियन्त्रण गर्न सम्भव भएन् ।’

तेम्बामा जलेका ४ घरहरु ।

तेम्बामा जलेका ४ घरहरु ।

जिल्ला प्रहरी कार्यालयद्धारा तयार पारिएको क्षतिको प्रारम्भिक विवरण (घरधनिले बताए अनुसार)

१. मिक्वाखोला गा.पा. ४ तेम्बा बजार बस्ने ईन्द्र कुमार लिम्बुको ढुङगा माटोले बनेको काठको बेरा जस्ताको छाना भएको ३ तले घर पूर्ण रुपमा जली क्षती हुदा उक्त घर र घर भित्र रहेको अन्नपात, भाडाबर्तन, काठपात, लल्ताकपडा, सुन २ तोला, नगद रू २,००००० (दुई लाख) र किराना पसलको सामानहरु ऐ. ४ दलैँचा बस्ने दोर्ची शेर्पाले सोही घरमा कोठा भाँडा लिई राखिएको अँलैची(२५ मन, कुखुरा-१० वटा पूर्ण रुपमा जली क्षती हुदा जम्मा गरी करिब रु. ४३,००,००० र (त्रीचालिस लाख) बराबरको क्षती भएको मानविय क्षति नभएको, उक्त घरमा जम्मा ४ जना सकुसल रहेको ।

२. राज कुमार लिम्बुको ढुङगा माटोले बनेको काठको बेरा जस्ताको छाना भएको ३ तले घर पूर्ण रुपमा जली क्षती हुदा उक्त घर र घर भित्र रहेको अन्नपात, भाडाबर्तन, काठपात ,लल्ताकपडा र सुन ४ तोला, चाँदी १५ तोला, नगद रू २,००००० र (दुई लाख) र किराना पसलको सामानहरु, कुखुरा (१२ वटा, सोहि घर अगाडी राखिएको ऎ. तेम्बा छोकेल शेर्पाको मे १० प ८२४६ नंम्बर २२० CC पल्चर मोसा पूर्ण रुपमा जली क्षती हुदा गरी करिब रु ५०,००,००० (पचाँस लाख) बराबरको क्षती भएको, उक्त घरमा ४ जना सकुसल रहेको ।

३. अनिल लिम्बुको ढुङगा माटोले बनेको काठको बेरा जस्ताको छाना भएको ३ तले घर पूर्ण रुपमा जली क्षती हुदा उक्त घर र घर भित्र रहेको अन्नपात, भाडाबर्तन, काठपात, लल्ताकपडा, सुन २ तोला, चाँदी (१ तोला, नगद रू ३,००००० (तिन लाख) र किराना पसल सामानहरु र कुखुरा २२ वटा पूर्ण रुपमा जली क्षती हुदा जम्मा गरी अन्दाजी रु २०,००,००० (बिस लाख) बराबरको क्षती भएको, उक्त घरमा ३ जना सकुसल रहेको ।

४. ऐ बस्ने बिष्णु प्रसाद लिम्बुको ढुङगा माटोले बनेको काठको बेरा जस्ताको छाना भएको १ तले घर पूर्ण रुपमा जली क्षती हुदा उक्त घर र घर भित्र रहेको अन्नपात, भाडाबर्तन, काठपात, लल्ताकपडा, नगद रू १,००००० (एक लाख) र किराना पसल सामानहरु पूर्ण रुपमा जली क्षती हुदा गरी ।अन्दाजी रु. ५,००,००० (पाँच लाख) बराबरको क्षती भएको, उक्त घरमा ६ जना सकुसल रहेको । सोहि घरहरको अगाडी पार्किङ गरी राखिएको, मे १ ज ३००३ महेन्द्र म्याक्स गाडी बर्नटको बाया साईटमा सामान्य क्षती भएको, ग ३ च ९८४७ नं. को महेन्दर बोलेरो जीप बाया साईटको भागमा सामान्य क्षती भएको ।

आगलागी नियत्रन्त्रणको प्रयासमा सुरक्षाकर्मी र स्थानियबासी ।

आगलागी नियत्रन्त्रणको प्रयासमा सुरक्षाकर्मी र स्थानियबासी ।