setoveda logo
२१ जेठ २०८३, बिहिवार

ताप्लेजुङको पाथीभरामा मंसिरमा १९ हजार दर्शनार्थी, ७५ लाख भेटी संकलन

पुष ३, २०८२, बिहिवार
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी भेटीवापत संकलन भएको रकम गणना गर्दै ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी भेटीवापत संकलन भएको रकम गणना गर्दै ।

पुस ३ गते । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा मंसिर महिनामा १९ हजार १ सय ८१ जनाले दर्शन गरेका छन् । मंसिरमा ७५ लाख ४९ हजार एक सय रुपैयाँ भेटी संकलन भएको छ । उक्त रकम पटक–पटकगरि नेपाल बैंकको खातामा जम्मा गरेको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको संकलन भएको रकम र दर्शनार्थीको तथ्यांक सार्वजनिक गर्ने गरेको छ । कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार भेटी रकम र दर्शन गर्न आउनेको संख्या गतवर्षको तुलनामा बढि हो ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको मंसिर महिनामा दर्शनार्थी र संकलन भएको रकम विवरण

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको मंसिर महिनामा दर्शनार्थी र संकलन भएको रकम विवरण

पाथीभरामा हिउँद वा वर्खा बाह्रै महिना दर्शनार्थी दर्शनमा आउने गरेका छन् । विगतमा विभिन्न आन्दोलनका कारण दर्शनार्थीको संख्या घट्दो थियो । यद्यपी पछिल्लो समय दर्शनार्थीको संख्यामा बढोत्तरी हुन थालेको छ । ३ हजार ७ सय ९४ मिटर उचाईमा अवस्थित पाथीभरामा यो वर्ष हिउँ परेको छैन् । पुस र माघमा हिउँ परेसँगै छ्याङ खुल्ने मौसममा रमाउन पाउँदा दर्शनार्थीहरु खूसी हुने गरेका छन् । यो वर्ष मंसिर महिनाभर त्यति हुस्सु नलागेको मन्दिरमा रहेका कर्मचारीको अनुभव छ ।