setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङको पाथीभरामा माघमा १० हजार दर्शनार्थी, १८ लाख भेटी संकलन

फागुन १, २०८२, शुक्रवार
थीभरा क्षेत्र विकास समितिले माघ महिनामा दर्शनार्थीको संख्या र संकलन भएको रकम

थीभरा क्षेत्र विकास समितिले माघ महिनामा दर्शनार्थीको संख्या र संकलन भएको रकम

फागुन १ गते । जिल्लाको पाथीभरा मन्दिरमा माघ महिनामा १० हजार ३ सय २३ जनाले दर्शन गरेका छन् । माघ महिनमा १८ लाख ४७ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले माघ महिनामा दर्शनार्थीको संख्या र संकलन भएको रकम माघ २९ गते विवरण सार्वजनिक गरेर जानकारी गराएको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङद्धारा हस्ताक्षरित विवरण समेटिएको सूचनाअनुसार सबै रकम बैंक जम्मा गरेको छ । क्षेत्र विकास समितिले हरेक महिनाको विवरण महिनाको अन्तिम दिन सार्वजनिक गर्ने गरेको छ । कार्यकारी निर्देशक हाङवाङले भने,‘दर्शनार्थी वर्षेनी बढ्दो छ । सेवा सुविधा र व्यवस्थापनमा प्रतिबद्ध छौ ।’ फागुन महिना सुरु भएसँगै पाथीभरा दर्शनमा आउने दर्शनार्थीको संख्या बढ्न सुरु हुन्छ । चैत बैसाखमा लालीगुँरास फुल फुल्ने भएकाले चारैतिर रताम्मे दृश्य हुन्छ । मौसम छ्याङ खुल्ने भएकाले विश्वको तेश्रो हिमाल कञ्चनजंघा (८,५८६मी.) र हिमाल तथा प्रकृतीको अवलोकन गर्न सहज हुन्छ ।