जेठ २ गते । ताप्लेजुङको पाथीभरा मन्दिरमा केबलकारको विरोध जारी रहेको मुक्कुलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्र्तदलिय संघर्ष समितिले जनाएको छ । समितिले जेठ २ गते विज्ञप्ति जारी गर्दै पाथीभरा मुक्कुमलुङमा केबलकार बनाउने विषय स्विकार्य नभएको प्रष्ट पारेको छ । सर्वोच्च अदालतले बैसाख ३१ गते अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता नदिएको तर केबलकार बनाउने फैसला गरेको भनि भाष्य निर्माण गरेको भन्दै आपत्ति जनाएको छ ।
कतिपय मुद्धा अदालतमा विचाराधिन रहेको स्मरण गराउँदै केबलकार निर्माणको विरोधमा आन्दोलनका कार्यक्रम जारी रहने उल्लेख छ । केबलकार निर्माणको बाटो खुल्यो भन्दै अनर्गल प्रचार गरेर मुन्धुमबादीको भावनामा चोट पुर्याएको भन्दै विज्ञप्तिमा दुख प्रकट गरेको छ । विज्ञप्तिमा मुक्कुमलुङ संघर्ष समिति संयोजक श्री प्रसाद लिम्बु,केबलकार खारेजी संघर्ष समिति अध्यक्ष खगेन्द्र फेम्बु लगायत विभिन्न सँघ संस्था र दलले हस्ताक्षर गरेका छन् ।