setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङका लाहन पतङ्वा लिम्बु : फुटबल मोह र लोभलाग्दो फुटबल यात्रा

पुष ८, २०८२, मङ्गलवार
नेपालगञ्ज–११ स्र्पोट्स क्लबले शहिद स्मारक सि डिजिभन लिग क्वालिफायरको उपाधि जितेपछि तस्बिर कैद गर्दै लाहन पतङ्वा लिम्बु । तस्बिरः क्लिक स्र्पोर्टस

नेपालगञ्ज–११ स्र्पोट्स क्लबले शहिद स्मारक सि डिजिभन लिग क्वालिफायरको उपाधि जितेपछि तस्बिर कैद गर्दै लाहन पतङ्वा लिम्बु । तस्बिरः क्लिक स्र्पोर्टस

पुस ८ गते । गत मंसिर २८ गते नेपालगञ्ज–११ स्र्पोट्स क्लबले शहिद स्मारक सि डिजिभन लिग क्वालिफायरको उपाधि जित्यो । सिन्धुपाल्चोक एफसीलाई २–० ले पराजित गर्दै उपाधि चुम्यो । उपाधि चुम्ने टिमका कप्तान थिए,–लाहन पतङ्वा लिम्बु । उनी ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवा निवासी हुन् । लिम्बुको जीवनमा यो उपाधि जीवनको एउटा महत्वपूर्ण उपलब्धि हो ।

नेपालगञ्ज–११ स्र्पोट्स क्लबले शहिद स्मारक सि डिजिभन लिग क्वालिफायरको उपाधि जितेपछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित एन्फा पदाधिकारीसँग तस्बिर कैद गर्दै ।तस्बिरः क्लिक स्र्पोर्टस

नेपालगञ्ज–११ स्र्पोट्स क्लबले शहिद स्मारक सि डिजिभन लिग क्वालिफायरको उपाधि जितेपछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित एन्फा पदाधिकारीसँग तस्बिर कैद गर्दै ।तस्बिरः क्लिक स्र्पोर्टस

शहिद स्मारक सि डिजिभन लिग क्वालिफायरको उपाधि जितेपछि नेपालगञ्ज–११ स्र्पोट्स क्लबको कप्तान लाहन पतङ्वा लिम्बुले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङबाट कप ग्रहण गर्दै ।तस्बिरः क्लिक स्र्पोर्टस

शहिद स्मारक सि डिजिभन लिग क्वालिफायरको उपाधि जितेपछि नेपालगञ्ज–११ स्र्पोट्स क्लबको कप्तान लाहन पतङ्वा लिम्बुले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङबाट कप ग्रहण गर्दै ।तस्बिरः क्लिक स्र्पोर्टस

कप्तानको जिम्मेवारी सम्हालेर टिमलाई विजेता बनाउनु फुटबलमा प्रायः कठिन हुन्छ । किनकी आफूसहित सिंगो टिमका खेलाडीलाई शारिरीक र मानसिक रुपमा बलियो बनाउने दायित्व कप्तानको काधमा हुन्छ । टिम प्रशिक्षक र मेनेजरदेखि सबै खेलाडीसँग सुमधुर सम्बन्ध बनाउने गुण हुन उत्तिकै जरुरी हुन्छ । सायद फुटबल खेलाडीमा हुनुपर्ने गुण भएरै हो, सालिन स्वभावका लाहनले फुटबलमा एकपछि अर्को लोभलाग्दो सफलता प्राप्त गर्न थालेका छन् । सफलतासँगै सम्मान पनि । हुनतः सम्मान र सफलता प्राप्तिका लागि उनी साँच्चिकै हकदार पनि हुन् । हिउँदको कठ्याङ्ग्रिदो चिसो होस् या बर्खाको हपहपी गर्मी । मैदानमा चिटचिट पसिना बगाउँदै ट्रेनिङ गर्नु हरेक खेलाडीका लागि मुख्य सर्त हो । जुन सर्त उनले वर्षौदेखि पालना गर्दै आएका छन् ।

नेपालगञ्ज–११ स्र्पोट्स क्लबको जर्सीमा लाहन पतङ्वा लिम्बुसहित खेलाडीहरु ।तस्बिरः क्लिक स्र्पोर्टस

नेपालगञ्ज–११ स्र्पोट्स क्लबको जर्सीमा लाहन पतङ्वा लिम्बुसहित खेलाडीहरु ।तस्बिरः क्लिक स्र्पोर्टस

उनी नेपाली राष्ट्रिय टिमका यू–२३ टोलीका सदस्य पनि हुन् । ताजकिस्तानमा गत अक्टोबर २३ देखि ३१ सम्म भएको खेलमा उनले नेपालको राष्ट्रिय टोलीको जर्सी लगाएर खेले । नेपालले इरान,लेवनान र ताजकिस्तानसँग खेल्यो । तर नेपालको नतिजा सन्तोषजनक हुन सकेन् । तथापी लाहनले राष्ट्रिय टिमको जर्सी लगाएर खेल्दाको अनुभव संगाल्ने अवसर पाए । व्यक्तिगत रुपमा थुप्रै कुरा सिकेँ ।

नेपाली राष्ट्रिय टिमका यू–२३ टोलीका सदस्यलाहन पतङ्वा लिम्बु

नेपाली राष्ट्रिय टिमका यू–२३ टोलीका सदस्यलाहन पतङ्वा लिम्बु

उमेर,जीउडाल,अनुशासन,पारिवारिक र साथीभाईको सहयोग फुटबल यात्रामा प्रगती गर्ने हतियार हो । उनलाई यी कुराले साथ दिएको छ । फुटबलमा लाहन चिनिनु भनेको ताप्लेजुङलाई पनि चिनाउनु हो । लाहनले नेपाली राष्ट्रिय टोलीको नियमित सदस्य भएर मैदानमा खेलेको दृश्य हेर्ने जिल्लाबासीको चाहाना छ । त्यही चाहानाको प्रतिनिधित्वगर्दै सोमबार (पुस ७ गते) कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामसहित यूवाहरुको टोली लाहनको घरमा पुग्यो । घरमा पुगेर सम्मान गर्नुको उदेश्य हो,–लाहन र उनको परिवारलाई धन्यबादसहित खेलमा समर्पित हुने शक्ति मिलोस भनि ढाडस दिनु । मन्त्री हाङ्गामले भने,‘लाहन अब परिवार र जिल्लाको मात्र होइन । देशको गहना हो ।’

कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामसहित यूवाहरुको टोली लाहन पतङ्वा लिम्बुको घरमा पुगेर सम्मान गर्दै ।

कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामसहित यूवाहरुको टोली लाहन पतङ्वा लिम्बुको घरमा पुगेर सम्मान गर्दै ।

उनका वुवा जीतेन पतङ्वा लिम्बु आफै पनि फुटबलप्रेमी हुन् । जिल्लास्तरका खेलाडी पनि । उनी हाङ्देवा र आसपास हुने खेलमा आफू पनि सहभागी भएर खेल्थे । उनीसँग आयोजक भएर पनि थुप्रै पटक खेल आयोजना गरेको अनुभव छ । उनले भने,‘छोरा विदेश गएपछि अब फुटबल खेल्न विर्सियोहोला जस्तो लागेको थियो । तर यता भन्दा बढि त उता नै खेल्ने गरेको थाहा पाए ।’ छोराको फुटबल मोहलाई सम्मान गर्दै खेलमा प्रेरित हुन सहयोग गरेको उनले बताए ।

लाहन पतङ्वा लिम्बुको घरमा आफन्त र साथीभाईसँग तस्बिर खिचाउँदै ।

लाहन पतङ्वा लिम्बुको घरमा आफन्त र साथीभाईसँग तस्बिर खिचाउँदै ।

आमासहित लाहन पतङ्वा लिम्बु ।

आमासहित लाहन पतङ्वा लिम्बु ।

साथीभाईसँग लाहन पतङ्वा लिम्बु ।

साथीभाईसँग लाहन पतङ्वा लिम्बु ।

लाहन भन्छन्,‘सायद मेरो रगतमा फुटबल छ होला । देश विदेश जहाँ गएपनि फुटबल छोड्न त के, कल्पना समेत गर्न सक्दिन् ।’ लाहनको पोजिसन डिफेन्डर हो । विपक्षीलाई गोल गर्नबाट रोक्नु । अनि सम्भव भएसम्म ओभरल्यापमा गएर गोल गर्नु । खेलको रणनीतिअनुसार खेल्न सक्नु खेलाडीको अर्को विशेषता हो । उनले थपे,‘परिवार र साथीभाईको साथ र सहयोग मेरो तागत हो । एकदिन देशले खूसी मनाउने नतिजा ल्याउन आतुर छु ।’ वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका लाहन स्वदेश फर्किएर फुटबलमा व्यस्त हुन थालेका हुन् । एकातिर राष्ट्रिय खेलाडी विदेश पलायन हुने क्रम बढ्दो छ । तर स्वदेश फर्केर फुटबल नै खेल्ने खेलाडीको संख्या अपवाद मात्र हो । लाहन अपवादमा पर्छन् । उनलाई धेरैले सोध्ने प्रश्न हो । नेपालको फुटबलमा भविष्य छ र ? तर यो प्रश्नमा लाहन मौन हुन्छन् । उनी स्वदेश फर्किएर देशमा केही गर्न खोज्ने सकारात्मक उर्जा बोकेका यूवा हुन् । निराशा होइन, आशाको दियो बाल्ने पात्र हुन् । तसर्थ अहिलेलाई यति भनौ । लाहनलाई जीवनमा अझ सफलताको शुभकामना !

नेपालगञ्ज–११ स्र्पोट्स क्लबको जर्सीमा लाहन पतङ्वा लिम्बु ।तस्बिरः क्लिक स्र्पोर्टस

नेपालगञ्ज–११ स्र्पोट्स क्लबको जर्सीमा लाहन पतङ्वा लिम्बु ।तस्बिरः क्लिक स्र्पोर्टस