setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङको खेलाडी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल्न विराटनगर पुग्यो, मुख्य समस्य गर्मी

जेठ २३, २०८२, शुक्रवार
प्रदेश खेलकुद बोर्डले १४ वटै जिल्ला खेलकुद विकास समितिलाई खेलमा उपस्थित हुन पठाएको पत्र

प्रदेश खेलकुद बोर्डले १४ वटै जिल्ला खेलकुद विकास समितिलाई खेलमा उपस्थित हुन पठाएको पत्र

जेठ २४ गते । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता कहिले होला भन्ने प्रतिक्षा थियो । जिल्ला खेलकुद विकास समिति र खेलाडीहरुको व्यग्र प्रतिक्षाका बावजुत कार्यालयले जेठ २२ गते पत्र प्राप्त गर्यो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश खेलकुद बोर्डले १४ वटै जिल्ला खेलकुद विकास समितिलाई खेलमा उपस्थित हुन दिएको समय सुविधा अन्त्यन्तै साँघुरो हो । ताप्लेजुङ मात्र होइन,अरु जिल्लालाई तयारी हुन सकस पर्यो । किनकी पत्र पाएको पर्सीपल्ट अर्थात जेठ २३ गते विराटनगर पुग्नुपर्ने अवस्था बन्यो । जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र कुमार लिम्बु (गणेश) का अनुसार तयारी गर्न साँच्चिकै कष्ट खेप्नुपर्यो । जुन स्वभाविक नै हो । नौ वटा स्थानिय तहमा छरिएर रहेका खेलाडीलाई आवश्यक तयारी गरेर सदरमुकाममा भेला गर्नु पर्यो । विराटनगर पुगेका अध्यक्ष लिम्बुले भने,‘तपाई आफै कल्पना गर्नुहोस् । उपलब्ध समयभित्र तयारी गर्न कति कष्ट भयो होला ।’ अध्यक्ष लिम्बुका अनुसार तराईमा यतिबेला हपहपी गर्मी छ । त्यहीभएर गर्मीमा खेलाडीले क्षमताअनुसार खेल प्रदर्शन गर्नेमा शंका छ । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमूख यज्ञनिधि पौडैल पनि विराटनगरमै छन् । कार्यालय प्रमूख पौडेलले भने,‘फरक–फरक ठाउँमा खेल हुन्छ । त्यही भएर खेलाडी र अफिसियल पुर्याउने काममा छौ ।’

अफिसियलको नेतृत्व पुरुष भलिबलतर्फ मुस्कान खुदाङ,महिला भलिबल शिव तोलाङगी (एसि),तेक्वान्दोमा बुद्धहाङ लिम्बु,करातेमा सुजता पौडेल,कबडी पुरुषमा लेनिस खड्का र महिलामा राम गुरुङ र उसुमा उज्वल राईले गरेका छन् । प्रतियोगीता अनुगमनका लागि मैवाखोला गाउँपालिका सामाजिक विकास संयोजक तथा वडा नं. १ वडाअध्यक्ष चन्द्र तामाङ गएका छन् । तामाङ गाउँपािलकाका प्रवक्ता समेत हुन् । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता २०८१ छनौट खेल मैवाखोला गाउँपालिकामै भएको थियो । मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले गाउँपालिकाको तर्फबाट अफिसियल र खेलाडीलाई ट्रयाकसुट दिने बचनअनुसार उपलब्ध गराएको छ । ताप्लेजुङबाट खेलाडी र अफिसियलसहित १ सय ८ जनाको टोली विराटनगर पुगेको छ । ६ वटा विधामा खेल हुनेछ । जेठ २४ गतेदेखि २६ गतेसम्म फरक फरक ठाउँमा खेल हुने भएको छ । कराते,तेक्वान्दो,उसु,भलिबल,एथलेटिक्स र कबड्डी खेल समावेश छ । सबै विधामा खेलाडी लगिएको छ । ताप्लेजुङले आधा दर्जन बढि स्वर्ण पदक ल्याउने आंकलन गरिएको छ ।