setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा हावाहुरी र असिनाले बालीनालीमा क्षति

चैत ११, २०८२, बुधवार
 सिदिङ्मा गाउँपालिका–५ स्थित घर हुरी चल्दा भाँच्चिएको वरको रुखको हाँगाले क्षति

सिदिङ्मा गाउँपालिका–५ स्थित घर हुरी चल्दा भाँच्चिएको वरको रुखको हाँगाले क्षति

चैत ११ गते ।

चैतको हुरीले डाली लर्कायो

बैगुनीको मायाले छाती चर्कायो

गायक भगवान भण्डारी,राजु परियार र विष्णु माझीले गाएको गीतझै बनेको छ,–चैत महिना । चैतको हावाहुरीको चकचक भनिसाध्य छैन् । कतै रुख भाच्चिएको छ । कतै सप्रिएको बालीनालीमा क्षति पुगेको छ । फुलबारीका फुलको डालीदेखि सप्रिएको बालीनालीमा पुगेको क्षतिले किसानको मन साँच्चिकै चर्किएको छ । चैत १ गते अम्बिका आधारभुत विद्यालय र टीका राईको घरमा क्षति गर्यो । सिदिङ्मा गाउँपालिका–५ स्थित चङवुङमा रहेको विद्यालय र घर हुरी चल्दा भाँच्चिएको वरको रुखको हाँगाले क्षति गरेको हो । मंगलबार बेलुकी हावाहुरी र वर्षासँगै परेको असिनाले फक्ताङलुङ गाउँपालिकास्थित विभिन्न वडामा कृषि बालीमा क्षति गरेको छ ।

फक्ताङलुङ गाउँपालिकामा परेको असिना ।

फक्ताङलुङ गाउँपालिकामा परेको असिना ।

जिल्लाको फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्राले विकास मंगलबार बेलुकी सामाजिक सञ्जालमा स्टाटस लेखे,–‘फक्ताङलुङ गाउँपालिकामा कहिले बाढी पहिरो, कहिले हावाहुरी र असिनाले पीडा दिन्छ । बालीनालीमा क्षति पुगेको छ । अब स्थानिय सरकारले कृषकलाई सकेजति सहयोग गर्छ ।’ स्थानिय श्री लिङखिमले सामाजिक सञ्जालमा असिनाले कृषिबालीमा पुगेको क्षतिको फोटो पोस्ट गरे । लिङखिमले लेखेका छन्,–‘स्थानिय सरकारले सहयोग गर्नेमा ढुक्क छौ ।’ लसुन,छ्याप्पीदेखि अलैची र फलफुलका विरुवामा क्षति पुगेको छ । यद्यपी क्षतिको यकिन विवरण आउन बाँकी छ । केही दिनयता हावाहुरी चल्ने र पानी पर्ने क्रम जारी छ । ३ दिन अगाडी काफ्लेपाटीदेखि पाथीभरा डाँडा,मानाभरा डाँडासम्म सेताम्मे हिउँ परेको थियो ।

फक्ताङलुङ गाउँपालिकामा परेको असिना ।

फक्ताङलुङ गाउँपालिकामा परेको असिना ।