setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङ उद्योग वाणिज्य सँघद्धारा तीन जना अगुवा व्यवसायी सम्मानित

चैत १५, २०८१, शुक्रवार

चैत १५ गते । ताप्लेजुङ उद्योग वाणिज्य सँघको शुक्रबार आयोजित १७औं साधारणसभा तथा अधिवेशनमा पुराना तीन जना व्यवसायीलाई सम्मान गरेको छ । व्यवसायी खडग मोक्तान,ताराविर थापा र कृष्ण कुमार शाक्यलाई सम्मान गरेको हो । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम र उद्योग वाणिज्य सँघ अध्यक्ष नारायण थापाले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका हुन् ।

कार्यक्रमका प्रमूख अतिथि मन्त्री हाङ्गामले सँघले व्यवसायीको हितका लागि इमान्दारपूर्वक काम गर्नेमा आफू आशावादी रहेको बताए । मन्त्री हाङगामले व्यवसायीले नाफा घाटाको मात्र कुरा नगरी सामाजिक काममा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । कोशी प्रदेश सांसद तथा पूर्व मन्त्री तिल कुमार मेन्याङ्बोले उद्योग वाणिज्य सँघ विशुद्ध व्यवसायीको हक हितको काम गर्ने संस्था भएकाले साख जोगाउनुपर्ने बताए ।

कोशी प्रदेशका पूर्व मन्त्री बल वहादुर साम्सोहाङ,फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले उद्योग वाणिज्य सँघले व्यवसायीको हकहितमा धेरै काम गर्न आवश्यक रहेको खाँचो औल्याए । उद्योग वाणिज्य सँघको पूर्व जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्यद्धय सन्तोष खतिवडा र तारानाथ घिमिरेले वाणिज्य सँघमा आबद्ध व्यवसायीले सामाजिक काममा कन्जुस्याई नगरेको दावी गरे । कार्यक्रमको सुरुवातमै स्वागत मन्तव्यका क्रममा अध्यक्ष थापाले वाणिज्य सँघले गरेको कामको विषयमा चर्चा गरे ।

उद्योग वाणिज्य सँघको नयाँ नेतृत्वमा विकास गौतम र सम्पूण पदमा सवै सर्वसम्मत निर्वाचित भएका छन् । अधिवक्ता बलराम भट्टराई संयोजक रहेको निर्वाचन मण्डलले औपचारिक घोषणा गर्न बाँकी छ । शुक्रबार साँझसम्म बन्द सत्र जारी छ । बन्द सत्र सकिएलगत्तै निर्वाचनको कार्यक्रम गर्ने तयारी छ ।