फागुन ११ गते । जिल्ला सदरमुकाम र काफ्लेपाटी बलुडाँडा क्षेत्रमा आइतबारदेखि अनिश्चतकालिन निषेधाज्ञा जारी गरेको छ । नो केवलकार पक्षको आन्दोलनमा सहभागी र सुरक्षाकर्मीबिच झडप हुन थालेपछि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो । आइतबार विहान ५ बजेदेखि (फागुन ११ गते) निषेधाज्ञा लागू भएको प्रमूख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माद्धारा हस्ताक्षरित निषेधाज्ञा सूचनामा उल्लेख छ । स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ उपदफा ३ (क) बमोजिम निषेधाज्ञा लागू गरिएको सूचनामा उल्लेख छ । ५ जना भन्दा बढि भेला हुन,जुलस सभा गर्न निषेध गरेको छ । स्थानिय स्तरमा हुलदंगा र झडप हुने खतरा भएकाले निषेधाज्ञा लागू गरेको प्रशासनले जनाएको छ । शनिबार बेलुकी सुरक्षाकर्मी र आन्दोलनरत पक्षबिच सदरमुकाममा झडप भएको थियो । आन्दोलनरत पक्षले र्याली निकालेको थियो । तर र्यालीमा सहभागीले राकेँ जुलुश निकालेको थियो । विरेन्द्रचोक सडकमा आगो बल्न थालेपछि सुरक्षाकर्मीले निभाउन खोज्दा झडप भएको सामाजिक सञ्जालमा पोस्ट भएको भिडियोमा देखिन्छ । सुरक्षाकर्मीलाई नै लाठीले हिर्काउँदै लखेटेको दृश्य विरेन्द्रचोकको हो । आगो बलेको राँको घरतिर फ्याकेका थिए । घरधनीले बलेको आगोको राकोँलाई सडकतिर फ्याकेँको दृश्य छ । यद्यपी घरको छतबाट ढुङ्गा हानेको आन्दोलनरत पक्षको आरोप छ । ढुङ्गा हानेपछि बाध्य भएर बालिएको राकोँ हानेको हुनसक्ने आन्दोलनकारीको भनाई छ । तर कतिपय आन्दोलनकारीले घरधनीलाई बार्दलीमा झुक्किएर आगो (राकोँ) पसेको छ फ्याक्नु भन्दै अनुरोध गरेको भिडियोमा देख्न सकिन्छ । लगत्तै ठाउँ ठाउँमा भएको झडपमा दुवै पक्ष घाईते भएका छन् । दुवै पक्षले एकिन संख्या सार्वजनिक गरेका छैनन् । सुरक्षाकर्मीले सर्वसाधारणलाई समेत लाठी चार्ज गरेको आरोप लगाएको छ ।