क्याब्जे कुन्देलिङ ताक्छाक रिम्पोछे
चैत ११ गते । जिल्लास्थित सुकेटारमा चैत १२, १३ र १४ गते तय भएको ७औं बज्रगुरु मन्त्रजप कार्यक्रका लागि बुधबार क्याब्जे कुन्देलिङ ताक्छाक रिम्पोछेलाई स्वागत गरिने भएको छ । भारतबाट इलाम आएर बास बसेको रिम्पोछे बुधवार ताप्लेजुङ आइपुगेलगत्तै स्वागत कार्यक्रम तय गरेको छ । ताप्लेजुङ र पाँचथरको सिमा काबेलीसम्म आयोजक गएर सँगै लिएर आउने र विरेन्द्रचोकमा कार्यक्रम गर्ने भएको छ ।
ताप्लेजुङ सुकेटारस्थित ७औं बज्रगुरु मन्त्रजप हल । व्यवस्थित हल भएकाले पानी परेपनि समस्या छैन् ।
ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रम सदस्यसचिव पासाङरीता शेर्पाका अनुसार ३ दिनसम्म रिम्पोछे सुकेटारस्थित कार्यक्रम हलमा उपस्थित हुने भएका छन् । सदरमुकाममा करिब दिउँसो १२ बजेतिर आइपुग्ने कार्यतालिका छ । कार्यक्रमका अध्यक्ष फुपुछेम्वे शेर्पाका अनुसार (खेन्पो जिग्डोल लामा) रिम्पोछेलाई ल्याएर कार्यक्रम गर्नसक्नु नै जिल्लाबासीको ठूलो उपलब्धि हो । जिल्लाबासीको पुण्यको कामले रिम्पोछेको आथिथ्यतामा कार्यक्रम गर्न पाउनु गर्वको विषय भएको शेर्पाले बताए । आयोजकका अनुसार सुकेटारस्थित कार्यक्रमस्थलको लगभग तयारी सकिएको छ । बुधबार बेलुकीसम्म सम्पूर्ण व्यवस्थापनको काम सम्पन्न गर्ने योजना छ । गाउँ गाउँबाट कार्यक्रममा सहभागी हुनका लागि आउनेक्रम सुरु भएको छ । बज्रगुरु कार्यक्रममार्फत धार्मिक पर्यटनमा टेवा पुगेको छ ।
ताप्लेजुङ सुकेटारस्थित ७औं बज्रगुरु मन्त्रजप दानस्थल
ताप्लेजुङ सुकेटारस्थित ७औं बज्रगुरु मन्त्रजपस्थल निर्माण गरिएको स्वागत गेट ।