setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङ रास्वपा समानुपातिक उम्मेद्वार लिम्बु भन्छिन्,‘मत दिनुहोस, विकास दिन्छौ ।’

फागुन ८, २०८२, शुक्रवार
रास्वपाले अघि सारेका भावी प्रधानमन्त्री बालेन शाह र समानुपातिक सूचीमा परेका मिङ्माडेविट शेर्पासँग पाथीभरा दर्शनमा ।

रास्वपाले अघि सारेका भावी प्रधानमन्त्री बालेन शाह र समानुपातिक सूचीमा परेका मिङ्माडेविट शेर्पासँग पाथीभरा दर्शनमा ।

फागुन ८ गते । ताप्लेजुङबाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सूचीमा छिन्,–निर्मला लाबुङ खिम्दिङ लिम्बु ‘मीरा’ । जन्मथलो हाङदेवा र घर नाङखोल्याङ । हाल फुङलिङ नगरपालिका–५ उकालीपानीमा स्थायी बसोबास छ । विगतमा खुलेर कुनै पनि दलमा थिएनन् । अन्ततः समयक्रमसँगै रास्वपामा प्रवेश गरिन् । जतिबेला उनी रास्वपा प्रवेश गरिन, त्यतिन्जेल पार्टीको समानुपातिक सूचीमा पर्छु होला भन्ने पटक्कै लागेको थिएन् । लिम्बुले भनिन्,‘पार्टीको आदर्श र सिद्धान्त मन पर्यो । त्यही भएर प्रवेश गरेकी हुँ ।’ सांसदको सूचीमा पर्ने लोभले पार्टी प्रवेश गरेको होइन् ।

मतदातासँग निर्मला लाबुङ खिम्दिङ लिम्बु ‘मीरा’

मतदातासँग निर्मला लाबुङ खिम्दिङ लिम्बु ‘मीरा’

लिम्बु पार्टीको इमान्दार सिपाही भएर संगठन निर्माणमा संलग्न छन् । त्यही भएर राजनीतिमा भविष्य बनाउनु नौलो होइन् । लिम्बुले करिब लगभग सिंङ्गो जिल्ला घुमेकी छिन् । मतदाताको घरदैलोमा पुगेकी छिन् । पार्टी र आफ्नो योजना सुनाएकी छिन् । उनले भनिन्,‘म भाषण होइन् । काम गर्नुपर्छ भन्ने मान्यता राख्छु ।’ गाउँघरको अवस्था र मतदाताको दैनिकी बुझ्न थालेकी लिम्बुको नजरमा विकासका काम थुप्रै बाँकी छन् । गाउँघरको दुःख सुख आफ्नै आँखाले देखेका लिम्बुले पार्टीमा कुरा उठाउने गरेकी छिन् । उनले भनिन्,‘रास्वपा जनताको लागि आशाको दियो हो । निभ्न दिनुहुन्न ।’ तपाई अब प्रतिनिधिसभा सदस्य पक्का हो ? भन्ने जिज्ञासामा लिम्बुले भनिन्,‘ताप्लेजुङ र देशभरको जनताको मतले हुने हो । जनताको सेवकको रुपमा काम गर्ने भाग्य नजिक छु ।’ ताप्लेजुङबाट लिम्बुसहित रमेश प्रसाई र हिमाल आरोही मिङ्माडेविट शेर्पा पनि समानुपातिक सूचीमा छन् । प्रसाई र शेर्पा परिचित अनुहार हुन् ।

मतदातासँग निर्मला लाबुङ खिम्दिङ लिम्बु ‘मीरा’

मतदातासँग निर्मला लाबुङ खिम्दिङ लिम्बु ‘मीरा’